उद्योग वाणिज्य संघ सुनवलद्धारा कर सम्वन्धी अन्तरकृया

0
755

सुनवल, २० फागुन । उद्योग वाणिज्य संघ सुनवललले आन्तरिक राजश्व, मुल्य अभिवृद्धि, अन्तशुल्क , स्थानियकर र घरेलु सम्वन्धी अन्तरकृया कार्यक्रम गरेको छ । उद्योगी, व्यापारी व्यावसायीहरुलाई कर सम्वन्धी जानकारी गारउने उद्देश्य अनुरुप अन्तरकृया कार्यक्रम संचालन गरेको उद्योग बाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचर्याले बताउनुभयो ।

अन्तरकृया कार्यक्रम उपस्थित उद्योगी व्यापारी र व्यावासायीहरुले कर र दर्ता सम्वन्धि समवन्धि जिज्ञासामा आन्तरिक राजश्व समबन्धि आन्तरीक राजश्व कर्यालय भैरहवाका कर अधिकृत गोपाल गिरि ले सहजीकरण गर्नुभएको थियो भने व्यापार व्यावसाय दर्ता लगाएतका वारेमा घरेलु कार्यालय पश्चिम नवलपरासीका प्रमुख नेत्र प्रसाद भुसाल सुनवल नगरपालिकाका राजश्व साखा प्रमुख राजेन्द्र सापकोटा लगाएतले सहजीकरण गर्नुभएको थियो ।

अन्तर कृया कार्यक्रमको उद्घाटन गर्दै सुनवल नगरपालिकाका नगरप्रमुख भिम बहादुर थापाले राज्यलाई समृद्ध बनाउन ब्यापार व्यावसायको महत्वपुर्ण भुमिका रहने बताउनुभयो । राज्यले तय गरेको नितिका वारेमा समेत सचेत हुन उद्योगी व्यापारी व्याबसायीहरुलाई आग्रह गर्नुभयो । राज्यलाई कर तिर्ने उद्योगी व्यापारी व्यावसायीहरुलाई राज्यले पनि प्रोत्साहान गर्ने निति अंगिकार गर्नुपर्ने नगरप्रमुख थापाले जिकिर गर्नुभयो । सुनवल नगरपालिकामा व्यापार व्यावसायलाई प्राथमिकतामा राखेको भन्दै उत्पादनशिल क्षेत्रलाई जोड दिनुपर्ने नगर उप प्रमुख दधिराम अर्यालको भनाई थियो ।

पश्चिम नवलरासीमा कर सेवा कार्यालय , महेशपुर भन्सार लगाएतका कार्यालयहरु स्थापना भैसकेको अवस्थामा यस क्षेत्रलाई औधोगीक क्षेत्रकै रुपमा अगाडि बढाउन निजी क्षेत्रको भुमिका उलेख्य रहेको उद्योग वाणिज्य संघ पश्चिम नवलपरासीका अध्यक्ष केशव भण्डारीले बताउनुभयो । नवलपरासी अडानका अध्यक्ष विष्णु प्रसाद चापागाईले अडिटमा विविध समस्या हुने भन्दै सवै उद्योगी व्यापारी व्यावसायीहरुलाई अफ्नो हिसाब किताव चुस्त राख्न आग्रह गर्नुभयो ।

उद्योग बाणिज्य संघ सुनवलले उद्योग व्यापार व्यावसाय संचालनमा साथै व्यापार व्यावसायीहरुको हक हितको लागी अन्तरकृयात्मक कार्यक्रम हरु संचालन गर्दै आइरहेको उद्योग वाणिज्य संघ सुनवलका महासचिव तेज प्रसाद भण्डारीले बताउनुभयो । अन्तरकृया कार्यक्रममा उद्योगी व्यावासयी व्यापारी साथै विभिन्न संघ संस्थाहरुको समेत प्रतिनिधित्व रहेको सचिव ईश्वरी भण्डारीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here