रामग्राम नगरपालिकाद्धारा गाईभैंसी पालन सम्बन्धी तालिम संचालन

0
481

परासी, १९ फागुन । नवलपरासीको रामग्राम नगरपालिकामा निशुल्क रुपमा ३ दिने व्यवसायिक रुपमा गाईभंैसी पालन सम्बन्धित तालिम संचालन भएकोे छ । उन्नत नश्लका पशु व्यवसायिक रुपमा पालन गरांै, रामग्राम नगरलाई दुधमा आत्मनिर्भर बनाआंै भन्ने मुल नाराका साथ उक्त तिन दिने निशुल्क तालिम आजदेखि संचालनमा आएको हो । रामग्राम नगरपालिकाको आयोजनामा संचालिन तालिम नगरपालिकाको पशु शाखाका प्राविधिक खेमराज पटेलको अध्यक्षता तथा रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको प्रमुख आतिथ्यतामा संचालन भएको हो ।

तालिममा प्रमुख अतिथि नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले, यो तालिम लिएपछि आफनो व्यवहारमा उतार्न सहभागिहरुलाई आग्रह गर्नु भयो । उहाँले सहभागिहरुलाई तालिममा सक्रिय सहभागि भई बढिभन्दा बढि ज्ञानशिप लिने र व्यवसायिक रुपमा गाईभंैसी पालन गरि आयआर्जन गर्न प्रेरित गर्नु भयो ।

तालिममा सहभागिहरुलाई भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र परासीका प्रमुख डाक्टर भरत काफ्ले, पशु क्वारेन्टाई कार्यालय महेसपुरका प्रमुख सोभाखर ज्ञवालीले प्रशिक्षण दिई रहनु भएको छ ।

तालिमको उद्दघाटन शत्रमा प्रमुख अतिथि नगर प्रमुख नरेन्द्र कुमार गुप्ता, अतिथि वडा नम्बर १२ का कार्यबाहक अध्यक्ष रामानन्द अहिर, प्रशासकिय अधिकृत रामलाल भुषाल, कृषि विकास शाखा प्रमुख उमेश कुमार धोवी, पशु शाखाका प्राविधिक गोविन्दराज पौडेल लगायतले मन्तब्य राखेका थिए । उक्त तालिम पागनु २१ गतेसम्म नगरपालिकाको सभाहलमा संचालन भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here