महेसपुर भन्सारमा बढेन व्यपारीहरुको चाप

0
558

परासी, १९ फागुन । महेसपुर छोटी भन्सार मुल भन्सार भएको २ बर्ष वितिसक्दा पनि मुल भन्सारकोे रुपमा कार्यान्वयमा आउन सकेको छैन । सरकारले भन्सारको आवश्यक भौतिक पुर्वाधारको विकास नगर्दा भन्सार मुल रुपमा कर्यान्वयमा समस्या देखिएको छ ।

महेसपुर भन्सार छोटीबाट स्तरउन्नती भई मुल भन्सारमा परिणत भएपनि भन्सारलाई आवश्यक जग्गा अधिग्रहण, बाटोघाटो, गोदाम, पार्किङ्ग, भवन, प्लान्ट क्वारेन्टाईन चेकपोष्ट जस्ता मुख्य कार्यमा सरकारले ध्यान नदिँदा भन्सारमा व्यपारीहरुको चाप र कारोबार फिटिक्कै बढेको पाएछैन ।

वि.स. २०७५ साले श्रावण १ गते नेपाल सरकारले उक्त छोटी भन्सारलाई मुल भन्सारको रुपमा घोष्णा ग¥यो तर भन्सारलाई आवश्यक भौतिक पुर्वाधार र जनशक्तिको व्यवस्था नमिलाएपछि भन्सारले गति लिन सकेन । त्यसैमा भन्सारमा व्यपारीहरुको चाप पनि बढन सकेन जस कारण लक्ष्य अनुसारको राजस्व उठन भन्सारलाई मुस्किल भैरहेको बताउछ ।

महेसपुर भन्सारलाई मुल भन्सारको रुपमा कार्यान्वयनमा ल्याउन कर्मचारी दरबन्दि, आवश्यक जग्गा अधिग्रहण, भौतिक संरचनाहरुको निर्माण, गोदामको निर्माण, पशु तथा प्लान्ट क्वारेन्टाईन चेकपोष्ठको निर्माण र बाटो घाटोको उचित व्यवस्था जस्ता मुख्य कार्यहरु गर्नु पर्ने देखिन्छ तर यसको लागि नत्र अर्थ मन्त्रालयले आवश्यक बजेट बिनियोजन गरेको पाईन्छ नत्र विभागले कुनै पहलकदमी गरेको देखिन्त ।

यता महेशपुर नाका मुल नाका भएपनि सिमा पारीको नाका ठुठीबारी कस्टम सानो नाका रहेको र ठुठीबारी बजारको बाटो पनि साँगुरो भएकाले मालसमानको निकासी÷पैठारी ढिलो हुने, भन्सारमा एक्जिम कोर्डको नहुने र आवश्यक पुर्वाधारको विकास नभएका कारणले पनि व्यवपारीहरु यस भन्सारमा आउन झन्झट मान्ने गरेको उद्योग बाणिज्य संघका अध्यक्ष केशव भण्डारीले बताउनु भयो ।

एका त कारोबार गर्नको लागि भन्सारले एक्जिम कोर्डको व्यवस्था नमिलाउने अर्काे तर्फ मालसमानको क्वारेन्टाइन, विषादी परिक्षण, गुणस्तर परिक्षण जस्ता कार्यका भैरहवाँ नै दौडधुप गर्नुपर्ने कार्यले व्यपारीहरु यो नाका छोडने गरेको पाईन्छ । केहि व्यपारीहरुले कारोबार गरेपनि महेसपुर भन्सारको न्युनतम सुविधा र भारतीय बाटो र कस्टमको समस्याले मालसमान झिकाउन २ देखि ३ दिनसम्म लाग्ने गर्दा मालसमानको भाडा पनि बढने र स्थानियहरुको अनावश्यक तनाव पनि बोक्नु पर्ने समस्या परासीका रामकुमार गुप्ताले बताउनु भयो ।

यता तर्फ नत्र जिल्लाका नेताहरुको ध्यान पुगेको छ नत्र उद्योग बाणिज्य संघ जस्ता व्यपारी संस्थाहरुकै ध्यान पुगेको छ । भन्सारमा यतिबेला खाद्यान्न, भुष, चिनी र केहि कास्मेटिक आईटमहरुको फाटफुट भन्सार हुदै आएको छ । कुनैदिन भन्सारमा मालैसमान नभएर यतिकै बसेर दिन बिताउनु पर्ने बाध्यता रहेको भन्सारका कर्मचारी बताउछन् । भन्सारको अण्डरमा ३ वटा छोटी भन्सार पनि रहेको छ तर ति छोटी भन्सारहरु बन्द अवस्थामा छन ।

जिल्ला खुल्ला सिमाना भएका कारण तस्करी पनि व्यापक हुदै आएको छ । तस्करी नियन्त्रणमा नत्र भन्सारले नै चाँसो देखाएको छ नत्र प्रहरीनै चाँसो देखाएको छ । तस्करहरु दिनदहाडै तस्करी गर्न पाएपछि किन भन्सारमा राजस्व तिर्न आउलान र ? । व्यापक तस्करीले पनि राजस्वमा गिरावट आएको पाईन्छ । भन्सारले श्रावण महिनादेखि माघ महिनासम्म कुल १९ करोड ८६ लाख ६० हजार ३९२ रुपैया राजस्व उठाएको छ । भन्सारले ७ महिनामा उठाएको यो राजस्व अरु मुल भन्सारको एकदिनमा उठने राजस्व रहेको तथ्याङ्क पाईन्छ ।

करिब २ कठामा रहेको उक्त भन्सारलाई ठुलो एरिया अधिग्रहण गर्न गोदाम निर्माण, कर्मचारी भवन, भन्सार जाँचकी कक्ष, काउटर, क्वारेन्टाईनहरु जस्ता महत्वपुर्ण कार्य जरुरी रहेको भन्सारका प्रमुख रामप्रसाद अर्यालले जानकारी दिनु भयो ।

भन्सारको विस्तारका लागि ४÷५ विगाहा क्षेत्रफल आवश्यक छ । भन्सार विभागले जग्गा अधिग्रहणका लागि यो बर्ष जम्मा ५९ लाख रुपैया छुट्टाएको छ जुन बजेटले एक विगाहा जग्गा पनि किन्न अवस्था नरहेको भन्सारले जनाएको छ । स्थानियहरु प्रति विगाहा ८० लाख रुपैया माग गरेको प्रमुख अर्यालयले जनाकारी दिनु भयो । राज्यले भन्सारको आवश्यक भौतिक पुर्वाधार र आवश्यक व्यवस्थापन नगर्दा भन्सार ओझेलमा परेको हो । भन्सारको आवश्यक भौतिक पुर्वाधारको लागि राज्यले कुनै प्रकृया अगाडी बढाएको पाईदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here