सरकारसँग वार्ता गर्न विप्लवको तर्फबाट प्रकाण्डसहित २ सदस्यीय टोली घोषणा

काठमाडौं, १८ फागुन । सरकारसँग वार्ता गर्न नेकपा विप्लव समूहले पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र केन्द्रीय सदस्य उदय चलाउने दीपकलाई अघि सारेको छ । विप्लवले मंगलबार एक विज्ञप्तिमार्फत प्रवक्ता प्रकाण्डको नेतृत्वमा केन्द्रीय सदस्य दीपक चलाउने सदस्य रहेको दुई सदस्यीय वार्ता टोली गठन गरेको जानकारी दिएका हुन् । 

आजै विप्लव पक्षसँग वार्ता गर्न सरकारी पक्षले गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराईको नाम सार्वजनिक गरेसँगै विप्लव पक्षले पनि टोली घोषणा गरेको हो । मंगलबार दिउँसो सरकारका प्रवक्ता पार्वत गुरुङले पत्रकार सम्मेलन गरी विप्लव पक्षसँग वार्ता गर्नका लागि वार्ता टोलीको नाम सार्वजनिक गरेका थिए । 

केपी ओली नेतृत्वको सरकारले आपराधिक समूह रहेको ठहर गर्दै २ वर्षअघि प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको दललाई अहिले सरकार आफैले पहल थालेर वार्तामा बोलाएको हो ।

Related articles

सुनवल नगरपालिकाद्धारा १९१० घरधुरीलाई राहत वितरण

परासी, २६ चैत । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले पनि आजदेखि आफनो नगरक्षेत्रका गरिबविपन्न तथा मजदुराहरुलाई राहत वितरण गरेको छ । १३ वडा रहेको उक्त नगरपालिकाका कुल १९१० जना वास्तविक श्रमिक तथा विपन्न घरधुरीलाई नगरपालिकाले राहत स्वरुव खाद्यान्न सामाग्री वितरण कार्य शुरु गरेको हो । राहत पाएपछि गरिब तथा श्रमिकहरु खुशी जाहेर गरेका छन् । क्रोना […]

लकडाउनमा पनि ओसार्न छोडेनन् लागु औषध : लागुऔषध सहित एक कारोबारी पक्राउ

परासी, १३ चैत । लडकडाउनको अवसर छोप्दै ओसारपसार गरिरहेको एक लागुऔषध कारोबारी पक्राउ परेको छ । बुधबार साँझ साढे ६ बजेको समयमा जिल्लाको सरावल गाउँपालिका ४ ललितपुरको भित्री सडकखण्डमा भारी मात्रामा लागु औषध ओसारीरहेको अवस्थामा प्रहरीले भारतीय मोटरसाईकल सहित एक कारोबारीलाई पक्राउ गरेको हो । भारतको लक्ष्मीपुरबाट युपी १६एच७५७१ नम्बर प्लटेको मोटरसाईकलमा लुकाएर नेपाल छिराउदै […]