सरावल गाउँपालिकाको साताैँ गाउँसभा सम्पन्न

0
576

उमेश बि.क-

परासी, १३ फागुन । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको साताैँ गाउँसभा सम्पन्न भएको छ । सरावल गाउँपालिकाका अध्यक्ष तथा साताैँ गाउँसभाका सभाध्यक्ष राधेश्याम चाैधरीकाे अध्यक्षतामा एक कार्यक्रम बिच साताैँ गाउँसभा सम्पन्न भएको हाे।

गाउँपालिकाले कृर्षि ,शिक्षा तथा स्वास्थ्य ,महिला तथा बालबालिकालाई बिशेष प्राथमिकता राख्दै कुल बजेटकाे ७५ प्रतिशत गाउँपालिकाले काम सम्पन्न गरिसककेकाे प्रगतिप्रतिवेदन गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले प्रस्तुत गर्नुभएको थियो ।

बर्तमान समयमा सृजना भएको बिषम परिस्थितीको सामना गर्दै गाँउपालिकामा उपलब्ध स्रोत र साधनको समुचित प्रयोग गरेर कोभिड १९ को असरको कारणले स्वदेश फर्किएका युवाहरुलाई स्वरोजगार र उधमी बनाउने उद्धेश्यका साथ कृषि क्षेत्रमा बिशेष अनुदान सहितको कार्ययोजना सहित काम अगाडि बढेको अध्यक्ष चाैधरीले बताउनु भएको हाे।

सरावल गाउँपालिकाको समृद्ध गाउँपालिका,खुशी जनता हाम्रो प्रतिवद्धता भन्ने मुल नारालाई सार्थक तुल्याई दीर्घकालिन सोंचलाई पुरा गर्न आवस्यक रणनीति अवलम्वन गरिदै जनतालाई प्रत्यक्ष लाभहुने कार्यलाई प्राथमिकता दिदै काम भएको उपाध्यक्ष उत्तमा रायले बताउनु भएको हाे।

साताैँ गाउँसभामा प्रगति प्रतिवेदन ,विनियोजन एेन संसाेधन ,सरावल गाउँपालिकाकाे स्वास्थ्य एवम सरसफाइ एेनकाे प्रथम प्रथम संसाेधन तथा वातावरण र प्राकृतिक सम्पदा संरक्षण एेन पारित भए संगै केही विकास निमार्णका आयोजनहरु थप सहित महत्वपुर्ण निर्णय गरिएको हाे ।

सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले गाउँसभाकाे एक कार्यक्रमका बीच बोल्दै देशको समग्र विकासमा स्थानिय निकाय महत्त्वपूर्ण हुने हुदा जिम्मेवार भएर गाउँपालिकाको विकास निर्माणमा सक्रिय भएर लाग्न जनप्रतिनिधि तथा कर्मचारीलाई आग्रह गर्नुभयो।

सभा अध्यक्ष राधेश्याम चौधराद्वारा प्रस्तुत गरिएका कार्यसूचीहरुमा सभासदस्य राधा कुमारी चौधरी, गोरे रानामगर , बिजय सिँह गुप्ता र असरफ खाँ लगायत सभासदस्यले आफ्नो धारणा सहित सुझावहरु राख्नु भएका थिए।

गाउँपालिका अध्यक्षले कार्यसूची निर्णयार्थ पेश गर्दा सहमत हुने सभा सदस्यहरु हुन्छ भन्नुहोला र असहमत हुने सभा सदस्यहरुले हुन्न भन्नु होला भनि पेश गर्दा सम्पूर्ण सभा सदस्यहरु सहमत भई हुन्छ भनि गडगडाहट तालि बजाई पास गर्नु भएको थियो।

गाउँसभामा वडा सदस्यहरुबाट गाउँपालिकाका गतिविधि सम्बन्धि सोधिएका प्रश्नहरुको जवाफ गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरी र प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकास पाैडेलले सरल भाषामा जवाफ दिनुभएको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here