संसद पुनर्स्थापना, १३ दिनभित्रै बैठक बोलाउन सर्वोच्चको आदेश

काठमाडौं, ११ फागुन । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् । त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए ।

Related articles

भारतमा २९ हजार जना कोरोना संक्रमित, मृतकको सं‌ख्या ९३४ पुग्यो

काठमाडौं, १६ वैशाख । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या नौ सय ३४ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा मात्र भारतमा थप ६२ जनाको मृत्यु भएको हो । साथै संक्रमितको संख्या पनि २९ हजार चार सय ३५ पुगेको छ । अघिल्लो दिनको तुलनामा भारत समग्र संक्रमितको संख्या […]

बदनाम मालपोत : पैसाको चक्करमा अावश्यक कागजात बिना जग्गा नामसारी

परासी, ११ भदौ । मालपोत कार्यालय नवलपरासीले नियम मिचेर जग्गा नामसारी गरेको पाइएको छ । कार्यालयले जग्गा नामसारी गर्दा चाहिने आवश्यक कागजात विना नै नियम विपरित कार्य गरि जग्गा नामसारी गरेको खुलेको छ । सुनवल नगरपालिकाका १३ घयुडल्ला बस्ने ज्ञान प्रसाद पाण्डेको नाममा रहेको कित्ता नम्बर २३७ को १ कठ्ठा १२ धुर जग्गा आवश्यक कागजागत, […]