उमेश बि.क–
परासी, ११ फागुन । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ३ श्रीनगरमा ३ दिने माटाे परिक्षण सम्बन्धि तालिम सम्पन्न भएको छ । सरावल गाउँपालिका कृषि विकास शाखाकाे अायाेजनामा वडा नं. ३ का वडा अध्यक्ष अणेन्द्रनाथ रायकाे अध्यक्षता तथा गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यतामा तालिम सम्पन्न भएको हाे ।
कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष चाैधरीले सरावल गाउँपालिकाले किसानलाई बिशेष प्राथमिकतामा राखि कार्य गरिरहेकाे बताउदै अनुदानमा ५० प्रतिशत देखि ७५ प्रतिशत सम्म अनुदानमा विउबिजन र उपकरण कृषकलाई प्रदान गरिरहेकाे जानकारी दिनुभएको हाे। कृषिमा आधुनिकिकरण हुदै गएको भन्दै नयाँ नयाँ प्रविधिको प्रयोगवाट नै किसानले अधिकतम फाइदा लिन सक्ने बताउनु भयो । अध्यक्ष चाैधरीले प्रशिक्षार्थिहरुलाई पालिकाका सबै ठाउमा पुगेर माटो परीक्षण र किसानलाईआधुनिक कृषिमा सहभागी बनाउन सहयोग गर्न आग्रह गर्दै तालिमका सिकेका कुरा व्यवहारमा लागु गर्न पनि तालिमका सहभागीहरुलाई सुझाव दिनुभयो ।
माटाे परिक्षण सम्बन्धि तालिममा सरावल गाउँपालिका वडा नं. १ देखि ७ सम्मका १४ जनाको सहभागीता रहेको थियाे ।
तालिममा माटो परिक्षण तथा व्यवस्थापन माटोको भौतिक, रासायणिक र जैविक गुणहरु, वोट विरुवाको लागि आवश्यक खाद्य तत्वहरु, विरुवामा खाद्य तत्वहरुको कमीका लक्षणहरु र सुधारका उपायहरुबारेमा पनि जानकारी दिइएको छ ।
यस्तै माटोको वनौट, मलखाद र सिार्य व्यवस्थापन, प्रांगारिक पदार्थको महत्व, स्रोतहरु र व्यवस्थापन, माटोको परिक्षण विधी, माटो परिक्षणका लागि नमुना संकलन, कीट वक्स विधीवाट माटोमा भएको खाद्य तत्वहरुको जाँच, र नजिताको आधारमा माटो व्यवस्थापन मलखाद सिफारिस वारेमा पनि सहभागीलाई ज्ञान दिएको सरावल गाउँपालिका कृषि विकास शाखा प्रमुख कुलदिप मिश्रले जानकारी दिनुभएको हाे।
तालिमकाे सहजिकरण देवदह नगरपालिकाकाे माटाे विज्ञ अश्विनि कुमार शर्मा र पबिन्द्र मल्लले गर्नुभएको थियाे।