सुरक्षित मातृत्व र सुरक्षित प्रसुती कार्यक्रम नवलपरासीमा प्रभावकारी

🔹गौरीशंकर जयसवाल-

परासी १० फागुन । पश्चिम नवलपरासीमा सुरक्षित मातृत्व र सुरक्षित प्रसुती कार्यक्रम प्रभावकारी रहेको पाईएको छ । पश्चिम नवलपरासीको पाँच वटा स्थानिय तहको स्वास्थ्य चौकीमा ग्रिन तारा नेपाल परियोजनाले संचालन गरेको सुरक्षित मातृत्व र सुरक्षित प्रसुती कार्यक्रम प्रभावकारी रहेको पाईएको हो ।

ग्रिन तारा नेपाल परियोजना सुत्केरी महिलाहरुलाई लक्षित गरी संचालन गरेको कार्यक्रमको जिल्लास्थित अनुगमन समितीले अनुगमनको क्रममा कार्यक्रम प्रभावकारी रहेको जिल्ला अनुगमन समिती एव जिल्ला समन्वय समीतीका प्रमुख शिवशंकर रायले बताए ।

उनले भने स्थानिय तहमा प्रसुती गृह सेन्टर नहुदाँ यहाँका सुत्केरी महिलाहरु परासी बुटवल जानु पर्ने अवस्था भएको तर स्थानिय तहमा प्रसुती गृह स्थापना भएपछि धेरै सहज भएको बताए । सुरक्षित सुत्केरी सेवा नपाएर अकालमै ज्यान गुमाउँदै आएका महिलालाई अप्ठेरो परेको अवस्थामा यो कार्यक्रम संचालन भएपछि त्यस्ता घटनामा कमी आएकोले कार्यक्रम प्रभावकारी देखिएको रायले बताए ।

सडक यातायात पहुँच नभएकोले पनि स्थानिय तहमा प्रसुती गृह सेन्टर स्थापना भएपछि गर्भवती महिलाहरुलाई सहज भएको स्थानियले बताएका छन । परियोजनाले आमा समूह बनाएर स्थानीय तहका स्वास्थ्य चौकीमा सुत्केरी महिलाहरु सुरक्षित हुन ती आमा समूहले पूर्व सुचना दिने पनि गर्ने गरेको परियोजनाका जिल्ला संयोजक कोपिला श्रेष्ठले जानकारी दिईन । उनको अनुसार पाल्हीन्दन गाउँपालिका,बर्दघाट नगरपालिका,सरावल गाउँपालिका,सुस्ता गाउँपालिका,प्रतापपुर गाउँपालिकाहरुको ९ वटा प्रसुती केन्द्रहरुमा सुरक्षित मातृत्व र सुरक्षित प्रसुती कार्यक्रम संचालनमा रहेको बताईन ।

सुरक्षित सेवा गुणस्तर बनाउनको लागि परियोजनाले आनमी हेल्पर कर्मचारी समेत दिएको जानकारी दिदै श्रेष्ठले ९ वटा प्रसुती गृहमा आवश्यक पर्ने मेडिकल औजारहरु पनि उपलब्ध गराउदै आएको बताईन । प्रसुती गृहमा साना तिना मर्मत गर्न आर्थिक सहयोग रकम पनि परियोजनाले दिदै आएको श्रेष्ठले जानकारी दिईन । प्रसुती केन्द्रमा प्रसुती गराउने आउने सुत्केरी महिलाहरुलाई आवश्यक पर्ने खाद्य पदार्थ समेत उपलब्ध गराउदै आएको परियोजनाले जनाएको छ ।

परियोजनाले कार्यक्रम संचालन गरेपछि प्रसुती गृह सुत्केरी गराउने सख्यमा पनि बृद्धि भएको छ । बर्दघाट नगरपालिकाको माकर स्वास्थ्य चौकी गत बर्ष तुलनामा यसबर्षमा सुरक्षित सुत्केरी गराउने सख्यामा बृद्धि भएको जस्मा गत बर्ष २५ यसबर्षको माघ सम्मा ६३ जनाले गर्भवतीमहिलाहरु सुत्केरी भएको परियोजनाले जनाएको छ ।

त्यस्तै प्रतापपुरको ठूलोखैरटहवामा गतबर्षमा १०४ जना र यसबर्षमा ९१ जना सुरक्षित सुत्केरी प्रसुती गृहमा भएको स्वास्थ्य चौकीले जनाएको छ । अनुगमनमा स्वास्थ्य कार्यालयका निमित्त प्रमुख कृष्ण पोखरेल,जिल्ला समन्वय समितीका प्रमुख शिवशंकर राय, जिल्ला समन्वय समितीका उपप्रमुख अब्दुल रहमान चुरिहार,पत्रकारहरुको सहभागिता रहेको थियो ।

Related articles

दशगजामा अलपत्र नेपालीहरुलाइ खाजा बितरण

महेसपुर, १३ जेठ। नवलपरासीको सरावल गाउँपालिका ६ बटसारका स्थानीय युवा समाजसेवी चन्द्र कुमार गुप्ताले दशगजामा भोकभोकै बसिरहेका नेपाली काम्दारहरुलाइ खाजा बितरण गरेका छ। भारतको विभिन्न शहरबाट घर फर्किन जिल्लाको महेसपुर नाकामा आइपुगेका दर्जनौं भोको नेपाली कामदारहरुलाइ खानको लागि उन्ले गत आइतबार चाउचाउ र पिउनका लागि पानी बितरण गरेका हुन। क्रोना भाइरसको संक्रमण रोकथामका लागि नेपाल […]

सुस्ताले गुमायो एक सिमा रक्षक योद्धा

परासी, १७ माघ। देशको भुमिप्रति समर्पित सुस्ताको भुमि बचाउनको लागि आहोरात्र खट्दै आएका इन्ताफ मियाको बिरामीका कारण मृत्यु भएको छ। बिरामीका कारण कमजोर हुँदै गएका मिया ७२ बर्षको उमेरमा मृत्यु भएपछि सुस्ताबासी अत्यन्तै दुखी भएका छन।सुस्ता भुमी जोगाउन सुस्ता सिमामा भारतीय ज्यादतीका विरुद्धमा लडदै आएका मियाको निधन प्रती दुखी हुँदै सुस्ताबासी भन्छ्न हामिले एउटा पिलर […]