मुक्ति तिवारी–
बर्दघाट, ८ फागुन । नेपाली काङ्ग्रेसका नेता एवम केन्द्रिय सदस्य गगन कुमार थापाले संसद विघटन प्रती असन्तुष्टि जनाउदै केपि वलीले संसदको चाबी खुसुक्क लगेर रास्ट्रपतिलाई बुझाएको बताएका छन।उनले प्रधानमन्त्री ओलि संसदबाट भागेको भगौडा रहेको समेत आरोप लगाए।
नेपाल तरुणदल पश्चिम् नवलपरासिले आज बर्दघाटमा आयोजना गरेको बृहत् बिरोध सभालाई सम्बोधन गर्दै नेता थापाले एकतर्फ केपि ओलि र अर्को तर्फ सिङ्गो देश भएकाले प्रश्न सम्सद पुनःस्थापना हुन्छ वा चुनाव हुन्छ भन्ने नभई संविधानको रक्षा हुन्छ हुदैन भन्ने प्रश्न मुलभुत कुरा रहेको बताए।तसर्थ आम नेपाली जनता र काङ्ग्रेस संविधान रक्षाका निम्ति एक भएर अघि बढ्नु पर्ने धारणा व्यक्त गरे।
अहिलेको सम्सदिय ब्यवस्था अनुसार केपि ओलि झापा बाट निर्वाचन जितेको एक साम्सद मात्र भएकाले उनी र अन्य साम्सद्को भुमिका समान रहने बताउदै जनताले दिएको मत ओलिको ब्यक्तिगत मत नभई नेकपाले प्राप्त गरेको मत रहेको तर्क व्यक्त गरे।
नेता थापाले अदालतले आम जनताको पक्षमा फैसला गर्ने बिश्वास ब्यक्त गर्दै केपि ओलिका सबै सेटिङ्हरु बिफल हुने दाबी गरे।सम्बोधनका क्रममा नेता थापाले ओलिले भगवान रामलाई नागरिकता दिन हौसिएको तर नागरिकतानै नपाएका सुस्ताबासी र जन्मसिद्ध नागरिकता नपाएकाहरु प्रती सरकार गम्भीर नभएको र ओलि रास्ट्भक्त नरहेको जिकिर गरे।होलि वाईन खाएको प्रधानमन्त्री ओलिको मुखले राम शब्द उच्चारण गरेको नसुहाउने बताए।उनले संसद पुर्न्स्थापना भएपनी बिधान संबत प्रक्रिया गत रुपमा अर्को सरकार गठन भए पश्चात मात्र निर्वाचन तोकिने बताए।
नेता थापाले किसान मजदुर र आम नागरिकका अधिकारका बिषयमा,राष्ट्रियताको रक्षार्थ काङ्ग्रेसले हिजो देखिनै आवाज उठाउदै आएको बताउदै अबको निर्वाचनमा काङ्ग्रेस पहिलो हुने दाबी गरे।
कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कंडेल,संविधानसभा सदस्यद्वय बिक्रम खनाल,सन्तु कलवार,महिला संघ अध्यक्ष कमला पराजुली,पार्टी जिल्ला सभापति बिष्णु पौडेल,तरुणदल केन्द्रिय कोषाध्यक्ष बिद्वान गुरुङ,तरुणदल जिल्ला सभापती सुक बहादुर गुरुङ लगायतले मन्तव्य ब्यक्त गरेका थिए।
कार्यक्रममा राष्ट्रिय कलाकार गायक बिमलराज क्षेत्री,राजन खड्का र गायिका राधिका हमाल लगायतको प्रस्तुति समेत रहेको थियो।