बेलाटारीमा जनमत पार्टीकाे विशाल जनसभा

परासी, ८ फागुन । पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका बेलाटारीमा जनमत पार्टीकाे विशाल जनसभा सम्पन्न भएकाे छ । जनमत पार्टी पश्चिम नवलपरासीका ईन्चार्ज बिजि चाैधरीकाे अध्यक्षता तथा जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा.सिके राउतकाे प्रमुख अतिथ्यतामा सभा सम्पन्न भएकाे हाे ।

सभा सम्बाेधन गर्दै प्रमुख अतिथि डाक्टर सिके राउतले उखुकाे भुक्तानीकाे समस्या, राेजगारीकाे समस्या, स्वास्थ समस्या , शिक्षाकाे समस्या , हकअधिकारकाे समस्या ,जनताकाे राज्य लगायतकाे समस्या समाधान हुन नसक्नु दुर्भाग्य रहेकाे बताउनु भयाे । देशमा नेताकाे राज्य मात्रै भएकाेले अब जनताकाे राज्यकाे लागि लडाई गर्नुपर्ने अवस्था रहेकाे बताउनु भयाे ।

आदिबासि,जनजाति ,मधेशी ,मुस्लिमकाे हकअधिकार अब जनमत पार्टिलेे निकास दिन सक्ने ठाेकुवा गर्नु भयाे । जनमतले मात्र घरघरमा राेजगारी दिने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयाे । देशमा स्थानिय सरकारमा आएकाे बजेट पारदर्शी नभएकाे समेत आराेप लगाउनु भयाे ।

कार्यक्रममा अकलेश त्रिपाठीले स्वागत मन्तब्य दिनु भएकाे थियाे । कार्यक्रममा राजेन्द्र राजभर ,शत्रुधन यादव, बिजयनाथ यादव , जिल्ला सयाेजक कन्हैया राजभर, जनमतका केन्द्रीय सदस्य राजकुमार त्यागि , ईन्द्रजित यादव केन्द्रीय सदस अब्दुल खान लगायतले बाेल्नु भएकाे थियाे । कार्यक्रममा गाउँगाउँबाट हजाराै मानिसहरु आएका थिए भने सयाै सख्यामा बिभिन्न पार्टि परित्याग गरि जनमत पार्टिमा प्रवेश समेत गरेका छन् भने कार्यक्रम लाई दिपेन्द्र गुप्ताले सन्चालन गर्नु भएकाे थियाे ।

Related articles

परासीमा विशाला ताजिया मेला संचालन हुदै : कहाँ–कहाँ संचालन हुदैछ ताजिया मेला

परासी,  २२ भदाै । भदाै २४ गते मंगलबार परासी बजारमा लाग्ने भव्य ताजिया मेलाको तयारी पुरा भएको छ । मुस्लिम समुदायको महान पर्व मोहर्रम पर्वको अवसरमा स्थानियले करिब ८० फिट अग्लो विशाल ताजिया बनाई तिन दिन मेला लगाउने योजना बनाएका छन् । उक्त ताजिया मेला भदांै २४ गते मंगलबार देखि शुरु भई ३ तिनसम्म मेला […]

रामग्राम नगरपालिकाको फोहोर फाल्ने डम्पिङ्ग साईट झरही खोला

परासी, ७ कार्तिक । रामग्राम नगरपालिकाले फोहोरको डम्पिङ्ग साईड झरही खोला बनाएको छ । नगरपालिकाको बजारभरि बाट बटुलिएको फोहोर नगरपालिका कार्यालयको ५ सय मिटर अगाडी झरही खोलामा फालिने कार्यले सो क्षेत्र दुर्गन्धित त भएकै छ खोलाको पानी पनि प्रदुषित बनेको छ । नगरपालिका विगत लामो समयदेखि नगरपालिकाको वार्ड ८ भंैसी बजारको छेउमा झरही खोलामा फाल्ने […]