परासी, ७ फागुन । पाल्ही बहुमुखी क्याम्पस जितपुर परासीका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराइएको छ । प्रथम क्याम्पस सभा तथा अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचत समितिले सपथ ग्रहण गराएपछि पदाधिकारीहरुले पदभार पनि ग्रहण गरेका थिए । क्याम्पसले आयोजना गरेको सपथ ग्रहण समारोहमा क्याम्पसका अध्यक्ष राधेश्याम पाठको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलेका प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको हो ।
क्याम्पसको प्रथम सभा तथा अधिवेशनबाट अध्यक्ष पदमा पुनः राधेश्याम पाठक निर्वाचित भएका छन् भने लेखा संयोजकमा अनिल कुमार गौड निर्वाचित भएका छन् । त्यस्तै सदस्य (संरक्षक) सुबाष अग्रवाल, सदस्य (संरक्षक) श्रीधर बस्या र सदस्य (आजिन) सम्झना चौधरी निर्वाचित भई सपथ ग्रहण गरेका हुन् । क्याम्पस अध्यक्ष रोधश्याम पाठकले पुर्ण कार्यसमितिका लागि १० जना सदस्यहरुलाई मनोनित पनि गर्ने जनाएका छन् ।
सपथ ग्रहण समारोहमा प्रमुख अतिथि पुर्वगृहराज्य मन्त्री देवेन्द्र राज कण्डेल, विशिष्ट अतिथि प्रदेशसभा सदस्य बैजनाथ जयसवाल, नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु पौडेल, स्वतन्त्र राजनितिक समुहका संयोजक राधेरमण पाण्डे, रामग्राम नगरपालिका उप प्रमुख रम्भा कुँवर, पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष पावित्री कोहार, सरावल गाउँपालिका उपाध्यक्ष उत्तमा राय, देवकोटा क्याम्पसका अध्यक्ष कृष्ण लामिछाने लगायले शुभकामना मन्तब्य राखेका थिए ।