प्राथमिक उपचार सम्वन्धी ३ दिने जनचेतना मुलक कार्यक्रम

सुरेश यादव

परासी, २९ माघ ।आज याेगदान राष्ट्र का लागि शाखा पश्चिम नवलपरासी काे आयाेजना तथा रामग्राम न.पा , सरावल गा.पा र पाल्हिनन्दन गा.पा काे सहयाेगमा प्राथमिक उपचार सक्बन्धी ३दिने जनचेतना मुलककाे रामग्राम न.पा वडा नं १२ पुरानाे जिल्ला बाल कल्याण काे सभाहलमा उद्घाटन कार्यक्रम सम्पन्न भएकाे छ ।

याेगदान राष्ट्र का लागि पश्चिम नवलपरासीको जिल्ला संयाेजक ज्ञानेश्वर सहानी काे अध्यक्षता तथा रामग्राम न.पा प्रमुख नरेन्द्र कुमार गुप्ता एवम् सरावल गा.पा अध्यक्ष राधेश्याम चाैधरी , यागदान राष्ट्र का लागि लुम्बिनी प्रदेश संयाेजक राहुल काैशल काे विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा रामग्राम न.पा का कार्य पालिका सदस्य राेशन साह , ट्राफिक प्रहरी परासी प्रमुख दामोदर मल्ल , जिल्ला प्रहरी कार्यालय नवलपरासी का अ.स.ई सुरेन्द्र खड्का , मैत्री समाज नेपाल का अध्यक्ष राकेश गुप्ता , परासी एजुकेसन सेन्टरका संचालक लक्षमण यादव , पत्रकार सुरेश यादव , गाैरीशंकर जयसवाल र नेपाल रेडक्रस साेसाईटी पश्चिम नवलपरासी का घनश्याम यादव , रुद्र कुमारी कंडेल लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

याे कार्यक्रम फागुन १गते सम्म संचालन हुनेछ भने स्वागत मन्तव्य याेगदान राष्ट्र का लागि जिल्ला सदस्य सन्दिप बि.क काे रहेकाे थियाे भने कार्यक्रम संचालन रन्जित सर्माले गर्नुभएकाे थियाे ।

Related articles

अस्पतालकाे गुणस्तर सेवामा ध्यान

परासी, ११ भदाै ।  जिल्ला पृथ्वी चन्द्र अस्पतालकाे गुणस्तर सेवा तथा विकासका लागि जिसस नवलपरासीका प्रमुख शिव शंकर रायले चाँसाे देखाएका छन्  । विगत एक शताब्दीदेखि केन्द्रिय सरकारले सञ्चालन गर्दै आएको जिल्ला अस्पताल अहिले प्रदेश मातहतमा आएपछि प्रदेश सरकारले हालै गरेको अस्पताल विकास तदर्थ समितिको अध्यक्षमा जिल्ला समन्वय समितिको प्रमुख तोकेको पछि अस्पतालकाे  विकास तथा व्यवस्थापनमा प्रमुख रायले […]

उबा संघका उपाध्यक्ष नगेन्द्र अग्रहरीद्वारा सुनवल राहत कोषमा एक लाख बीस हजार सहयोग

परासी, २८ चैत। पश्चिम लकडाउनको समयमा अति विपन्न गरिब परिवारलाई दैनिक जीवनयापनमा कठिनाई भोगिरहेका अति विपन्न वर्गलाई राहत वितरणका लागि उद्योग वाणिज्य संघ उपाध्यक्ष एव अारती एग्रोका संचालक नगेन्द्र अग्रहरीले सुनवल नगरपालिकाको राहत कोषमा एक लाख बीस हजार सहयोग गर्नु भएको छ । ‌विश्वलाई नै कोरोना भाईरस(कोभिड–१९) ले आक्रान्त बनाएपछि त्यसको जोखिम नियन्त्रण तथा रोकथामका […]