परासी, २७ माघ । पश्चिम नवलपरासीकाे सरावल गा.पा.वर्डा नं २ अत्रहटीमा रहेकाे श्री सुवंशी कन्या आधारभुत विधालय काे थप ३ काठे भवनकाे शिलान्यास तथा जिन्सी सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएकाे छ ।
विधालय व्यवस्थापन समितिका अध्यक्ष गंगा प्रसाद चाैधरी काे अध्यक्षता तथा संघिय सांसद देवेन्द्रराज कण्डेल काे प्रमुख आतिथ्यता एवम् सरावल गा.पा. अध्यक्ष राधेश्याम चाैधरी , सरावल गा.पा. उपाध्यक्ष उत्तमा रायकाे विशिष्ट आतिथ्यतामा कार्यक्रम भएकाे हाे । भने उक्त ३ काेठे भवन निर्माण गर्नका लागि सरावल गा.पा. बाट ३ लाख तथा संसदीय काेषबाट २० लाख बजेट विधालयलाई प्राप्त भएकाे छ । यस्तै सरावल गा.पा बाट १८ वटा डेक्स बेन्च , १ वटा भेकुम क्लिनर र ३ काेठाकाे लागि कार्पेट लगाएत जिन्सी सामग्रीहरु गाउँपालिकाले विधालयलाई हस्तान्तरण गरेकाे छ ।
कार्यक्रममा सरावल गा.पा. वर्डा नं १का वडा अध्यक्ष भेषनारायण चाैधरी , वर्डा नं २ का वडा अध्यक्ष शम्भु प्रसाद चाैधरी , गा.पा. प्रमुख प्रसासकिय अधिकृत बुद्ध प्रकाश पाैडेल , गा.पा. शिक्षा शाखा प्रमुख तुलसी प्रसाद अधिकारी , देवेन्द्रराज कण्डेलका स्वकिय सचिव कमल किशाेर रायमाझी , प्रहरी चाैकी बासा का प्रमुख , समाजसेवी माेहन शर्मा , चेत नारायण राय , प्रहलाद पासी , प्रकाश भट्टराई , विधालय व्यवस्थापन समिति सदस्य दामोदर देवकोटा लगाएतकाे उपस्थिति रहेकाे थियो ।