🔹छविलाल सुनार-
सुनवल, २७ माघ। नवलपरासीको सुनवल स्थित महिला उद्यम केन्द्रले अहिले विभिन्न प्रकारका झोलाहरु र खादा, दोसल्लाहरु उत्पादन गरिरहेको छ । महिला उद्यम केन्द्रमा कोरोनाको विश्व महामरी भन्दा पहिला १५ जना महिलाहरु नियमित रोजगार भएकोमा कोरोना लगडाउन देखि उद्यम बन्द भई अव ३० जना महिलाहरुलाई नयाँ मेसिनहरुमा काम गर्ने गरि तालिम प्रदान गर्दै स्वरोजगार बन्दै छन् ।
उनिहरुले प्रति झोला निर्माण गरे बापत ४० देखी ८० रुपैंया पाउने गरेको । एक जना महिलाले प्रति दिन १० वटा सम्म झेला बनाउने गरेको । वडाका हिंसामा परेका, विपन्न, एकल, दलित, जनजाति, क्षेत्री र अन्य महिलाहरु उद्यम केन्द्रबाट लाभाम्बित भएका छन् । महिला उद्यम केन्द्रमा वडाका टोलहरुमा रहेका सात वटा आमा समुहहरु बाट र अरु अगुवा महिलाहरुको अगुवाईमा ११ सदस्य समिति बनेको छ । जसमा प्रति आमा समुहमा ४० देखि ८० जना आमाहरु सदस्य हुनुहुन्छ । महिलाहरु संगठित र आत्मनिर्भर भएपछि महिला माथि हुने हिंसामा कमी आएको छ ।
यू.एस.ए.आई.डि तयार नेपालले व्यवसायि सहजिकरण कार्यक्रम मार्फत साना तथा मझौला उद्यम व्यवसायिहरुलाई सहजिकरण कार्यक्रम सुनवल नगरपालिकामा प्रयाक्टीकल एक्सन मार्फत संचालन गरेको थियो । उक्त कार्यक्रम अन्तरगत १० वटा व्यवसाय दर्तामा सहजिकरण, ८७ व्यवसाय सहजिकरण परामर्श, ८२ वटा व्यवसायिक योजना निर्माण, ८२ वटा व्यवसायीहरुलाई लक्ष्मी बैंक, नेपाल बैंक लिमिटेड, कृषी विकास बैंक मार्फत ऋणकालागि सहजिकरण गरेको छ ।
घरेलु तथा साना उद्योग कार्यालयको सिफारिसमा ३ लाख देखि १० लाख सम्मको ऋणकालागि र नवलपरासी कृषी ज्ञान केन्द्र मार्फत १ लाख देखी १ करोड सम्मको ऋण लगानी गर्न कालागि आवश्यक सहयोग तथा सहजिकरण गरेको छ ।
प्राक्टीकल एक्सनका सहजकर्ता राम बहादुर क्षेत्रीका अनुसार, सुनवल नगरपालिका वडा नं ५ का महिलाहरु उक्त परियोजनाबाट लाभान्वित भएका छन । सुनवल नगरपालिकाले गृहणी महिलाहरुलाई आर्थिक आयआर्जन र जिविकोपार्जनमा टेवा पु¥याउन नगरपालिकाका १३ वटा वडामा महिला उद्यम केन्द्र गठन गरी सवै वडामा ५ लाख रुपैया सहयोग गरेको थियो । साथै उद्यमीहरुको सिप प्रबर्दनका लागि थप २ लाख उपलब्ध गराएको थियो ।
अन्य वडाका महिला उद्यम केन्द्रहरुले भवन बनाएको तर वडा नं ५ को महिला उद्यम केन्द्रले भवनका लागि दिइएको बजेटबाट २२ वटा सिलाई मेसिन र दराज ¥याक आवश्यक सामाग्रि खरिद गरि उत्पादन र आयआर्जनमा लगानि गरेको थियो । वडामा महिला कल्याण केन्द्र संग भवन भएको र भवन उद्यम केन्द्रलाई उपलब्ध गराउने भएपछि भवन निर्माणको बजेटबाट सिलाई मेसिनमा लगानी गरिएको हो । स्थानिय महिलाहरुलाई सिलाई कटाई मार्फत रोजगारि श्रृजना गर्नका लागि मेसिन खरिद गरिएको थियो ।
महिलाहरुको कामबाट प्रभावित भएर कामको प्रशंसा गर्दै सुनवल नगरपालिका वडा नं ५ का वडा अध्यक्ष थमन सिंह नेपालीले आफ्नो तलबको २५ हजार रकम सहयोग गर्नु भएको उद्यमी महिलाहरुले जानकारी दिएका छन । नगरपालिकाको समन्वयमा अन्ताष्ट्रिय गैरसरकारी संस्था कोइका ले पनि थप प्रविधि हस्तान्तरण गर्दै प्रवर्दनमा सहयोग गरेको छ । जस अन्तरगत १५ वटा साना र २५ वटा ठुला मेसिनहरु सहयोग प्राप्त भएको छ । मेशिनहरु जडानको क्रममा छन् ।
उद्यम दर्ता नभएको र संचालनकालागि समस्या भएकाले व्यवसाय सहजिकरण कार्यक्रममा महिला उद्यम केन्द्रकी अध्यक्ष जुठिमाया पुण र कोषाध्यक्ष सिता गुरुङ्ग सहभागि भएका थिए । जसबाट व्यवसाय दर्ताको आवश्यकता, महत्व, उद्यम संचालन, व्यवस्थापन, उत्पादित बस्तुको ब्राण्डिङ्ग, माकिङ्ग, व्यवसाय संचालन गर्नुपुर्व के के तयारी गर्ने, बजार, कच्चापदार्थको उपलब्धता, सहुलियत ऋिण, इन्सोरेन्स, पुजि, क्षमता, जस्ता विविध पक्षमासहभागिभई उक्त गुण सिप हासिल गरेका थिए । तालिमबाट महिला उद्यम केन्द्र संचालनमा सहयोग पुगेको अध्यक्ष जुठिमाया बताइन । प्राक्टीकल एक्सनका प्राविधिक विज्ञ तारा ढकालका अनुसार, कार्यक्रममा सहभागी महिलाहरुमा आफै केही गर्नु पर्छ भन्ने चाहना र उत्साह थियो ।
महिला उद्यम केन्द्र मार्फत विभिन्न प्रकारका झोलाहरु र खादा, दोसल्लाहरु उत्पादन गरिरहेको छ । महिला उद्यम केन्द्रमा कोरोनाको विश्व महामरी भन्दा पहिला १५ जना महिलाहरु नियमित रोजगारभएकोमा कोरोना लगडाउन देखि उद्यम बन्दभएकोमा हाल ३० जना महिलाहरुलाई नयाँ मेसिनहरुमा काम गर्ने गरि तालिम प्रदान गर्दै स्वरोजगार बनाउने योजनामा रहेको छ । उनिहरुले प्रति झोला निर्माण गरे बापत ४० देखी ८० रुपैंया पाउथे । एक जना महिलाले प्रति दिन १० वटा सम्म झोला बनाउने गरेको । वडा स्थानिय विपन्न, एकल, दलित, जनजाति, क्षेत्री र अन्य महिलाहरु उद्यम केन्द्रबाट लाभाम्बित भएका छन् ।
आगामि बर्षहरुमा वडाका विद्यालयहरुमा अध्यन गर्ने वालवालिका तथा शिक्षकलाई लक्षित गरि पोशाक तथा सामाग्रि उत्पादन र विक्रि वितरण गर्ने गरि नगरपलिकाले समन्वय गरेको छ । कोरोनाले गर्दा व्यवसाय प्रबर्दन गर्न नसकि रहेका बेला उत्पादित झोलाहरु खासै विक्रि नभएकाले बजार ब्यवस्थापनका लाागि पहल समेत भई रहेको छ ।
अहिले महिला उद्यम केन्द्र नवलपरासीमा मात्र नभई वरीपरीका जिल्लाहरुमा पनि आर्थिक निर्भरताको उदाहरण बनेको छ । केन्द्रबाट भएका कामहरुको अवलोकन गर्न छिमेकी जिल्लाहरुबाट उद्यमि, व्यवसायि र समुहहरुले चाहना राखेको अध्यक्ष जुठिमायाले बताईन ।
बिभिन्न समूदायका महिलाहरु बिशेषगरी दलित तथा पछाडी पारिएका महिलाहरुलाई तयार नेपालले गरेको सहजीकरणबाट व्यवसायमा लगानी, ऋणको अवसरहरु, बजारको सम्भावनाहरु, उत्पादित बस्तुको मुल्य र बजार ब्यवस्थापन के कसरी गर्न सकिन्छ भनेर जानकारी दिएको महिला उद्यम केन्द्रकी अध्यक्ष जुठिमाया पुणले जानकारी दिइन ।
अध्यक्ष पुणका अनुसार, महिलाहरु अहिले उद्यग चलाउने बिषयमा छलफल र सल्लाहको क्रममा छन । त्यसका लागि आवश्यक पुँजीको ब्यवस्थाका लागि आवश्यक कार्य भई रहेको छ । महिलाहरु आत्मनिर्भर हुँदा महिलाको सशक्तीकरणका साथै हिंसामा कमी आउने महिलाहरुको अनुभव रहेको छ ।