मेयर भरत थापाले दुई युवालाई उच्च शिक्षा पढाउने जिम्मेवारी लिए

परासी, २६ माघ । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका प्रमुख भिम बहादुर थापाले दुई विद्यार्थीको उच्च शिक्षाको जिम्मेवारी लिएका छन् । आर्थिक अवस्था कमजोर भएपछी उच्च शिक्षा हासील गर्न नसक्ने अवस्थामा पुगेका वडा नम्बर २ का पप्पु हरिजन र सुकदेव हरिजनको उच्च शिक्षाको लागि आवश्यक आर्थिक सहयोग गरेका हुन् ।

आर्थिक अवस्था कमजोर हुदा अध्ययन छाडेर रोजगारीको खोजिमा रहेका उनीहरुलाई पहिलो वर्षको अध्ययन खर्च स्वरुप ५१ हजार ९ सय ६० रुपैया लुम्विनी माध्यमिक विद्यालयलाई हस्तान्तरण गरेका छन् । ‘अध्ययनमा रुचि हुदाहुदै आर्थिक कारणले विद्यम्लय छाड्न लागेको थाहा पाएपछी मैले उनीहरुको लागि स्तानकोत्तर सम्मको जिम्मा लिएको छु । ’नगर प्रमुख थापाले भने,‘अध्ययनबाट कोही पनि विमुख हुन नपरोस भन्ने मेरो मान्यता हो । ’

बाध्यताले अध्ययन छाड्नुपर्ने अवस्थामा पुगेको थिए , अहिले नै कामको खोजिमा हिड्दा सामान्य मजदुरी गर्नुपर्ने अवस्था आउन सक्दथ्यो । ’सुकदेव हरिजनले भने,‘अव राम्रोसंग अध्ययन गरेर सरकराी सेवामा प्रवेश गर्ने लक्ष्य छ ।’

सरकारी सुविधा उपभोग नगर्ने घोषणा गरेका सुनवल नगरपालिकाका प्रमुख थापाले आफुले पाउदै आएको तलब भत्ता वृद्धवृद्धा , असाहाय , विरामी र सामाजिक काममा खर्च गर्दै आएका छन् । अहिले सम्म प्राप्त सबै सुविधा थापाले सामाजिक काममा सहयोग गरेका छन् ।

Related articles

मिडिया काउन्सिल विधेयकको विरोध गर्दै पत्रकारले प्रदर्शन गरे संचार सामाग्री : जरिवाना तिर्न नसक्ने भन्दै जेलरलाई बुझाए संचार सामाग्री @फोटो फिचर

परासी, ३ जेष्ठ । देशभरि संगै पश्चिम नवलपरासीका पत्रकारहरुले पनि मिडिया काउन्सिल विधेयको विरोध गर्दै संचार सामाग्री प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघको निर्देशन अनुसार यस जिल्लामा पनि नेपाल पत्रकार महासंघ शाखा पश्चिम नवलपरासीको नेतृत्वमा जिल्लाको बुद्धचोकमा जुटेका पत्रकारहरुले विरोध स्वरुप संचार सामाग्री प्रदर्शन गर्दै शान्तीपुर्ण विरोध ¥याली समेत निकालेका हुन् । महासंघका अध्यक्ष […]

नवलपरासी दुर्घटना अपडेटः एकजनाको मृत्यु, २५ जना घाइते

नवलपुर, ५ पुष । कावासोती- ­­१४ मा बिहीबार बिहान भएको बस दुर्घटनामा एकजनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन् । काकडभिट्टाबाट बुटवलका लागि छुटेको ना ४ ख ७०४६ नम्बरको बस कावासोती– १४ मा झिनकी भणरिनिया खोलामा खसेको हो । बस खोलामा खस्दा भारतको महाराजगंज घर भएका ३५ वर्षीय गौरीशंकर धोवीको ज्यान गएको […]