परासी, २४ माघ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा १० मा नवनिर्मित रामखण्डा पुलको एक औपचारिक कार्यक्रम बिच उद्घाटन भएको छ । नगरपालिका वडा नम्बर १० को लक्षमीपुर र वडा नम्बर ४ जीतपुर गाउँ जोड्ने उक्त रामखण्डा पक्कीपुलको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले उद्घाटन गरेका हुन । रामग्राम नगरपालिकाको आयोजना तथा नगरपालिका वडा नम्बर १० का अध्यक्ष धर्म प्रसाद गुप्ताको अध्यक्षतामा कार्यक्रमका प्रमुख अतिथि एवं नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले उक्त पुलको उद्घाटन गरि पुलको निरीक्षण गरेका हुन ।
पुलको उद्घाटन गर्दै नगर प्रमुख गुप्ताले यस नवनिर्मित पुलको प्रयोले स्थानीयहरु प्रत्यक्ष फाइदा लिने बिश्वास व्यक्त गर्नु भयो । नगर प्रमुख गुप्ताले, बनेको यस पुल मार्फत स्थानीयहरु सहजै आवतजावत गर्न सक्ने र कृषिजन्य कार्यमा निकै सहज हुने बिश्वास व्यक्त गर्नु भयो ।
१ करोड ५७ लाख ७ हजार २२८ रुपैयाको लागत स्टिमेट रहेको उक्त पालुस्थान निर्माण सेवा सरावलले १ करोड २१ लाख ६८ हजारमा निर्माण गर्ने ठेक्का लिएको छ । जसमा स्थानिय पुर्वाधार बिकास साझेदारी कार्यक्रमको ७० प्रतिशत र रामग्राम नगरपालिकाको ३० प्रतिशत लगानी रहेको नगरपालिकाका इन्जिनियर सतिश गुप्ताले जानकारी दिएका छन् ।

१८ मिटर लम्बाई र ८ मिटर चौडाइमा रहेको उक्त रामखण्डा पक्की पुलको निर्माण संगै पुलको पुर्बपस्चिम २०० मिटर बाटो पनि बनाइ ग्रावेल गरिएको छ भने पुलको उत्तर दक्षिण साइड्मा तटबन्ध पनि निर्माण गरिएको नगरपालिकाले जनाएको छ । अझै नगरपालिकाले उक्त क्षेत्रको बाटो विस्तारका लागि २० लाख रुपैया लगानी गरिरहेको जनाएको छ । त्यस्तै नगरपालिकाले कासीपुर र पोखरापालीमा पनि निर्माण गर्न लागेको ति दुईटा पुलको पनि सिलन्यासको तयारी रहेको जनाएको छ ।
लामो समयपछि उक्त रामखन्डा पुल निर्माण भएपछि स्थानीयहरु खुशी भएका छन । स्थानीयहरु भन्छन यस पुलले हामीलाई आवतजावत सहज भएसंगै कृषिका कार्य गर्न पनि निकै सहज भएको बताउछन । पुल नहुँदा सदरमुकाम परासी र पाल्ही बहुमुखी क्याम्पस पुग्न घुमाउरो बाटो प्रयोग गर्न बाध्य थियांै तर यो पुल बनेपछि हाम्रो बाध्यता र समस्या सामाधान भएको स्थानीय गङा पासीले जानकारी दिएका छन ।

कार्यक्रममा समयमा पुल निर्माण गरेका पालुस्तान निर्माण सेवाका प्रोपराइटर यम प्रसाद भुसाललाई नगरपालिकाले सम्मान पनि गरेको छ । त्यसैबीच नगरपालिकालाई जग्गा प्रदान गरि सहयोग गर्ने स्थानीय गङा पासीलाई पनि योगदान गरेबापत सम्मान गरेको छ । भने उनलाई प्रोत्साहन स्वरुप नगर प्रमुख गुप्ताले व्यक्तिगत रुपमा ५१ सय रुपैया नगद प्रदान गरेका छन् ।
कार्यक्रमका अध्यक्ष धर्म प्रसाद गुप्ता, कार्यक्रम बिशिस्ट अतिथी एव नगर उपप्रमुख रम्भा कुवंर, अतिथि नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत रुद्र प्रसाद रेग्मी, वडा ४ का अध्यक्ष मदन यादब, वडा ९ अध्यक्ष सुनिल पाठक, नेपाल पत्रकार महासंघका उपाध्यक्ष नारायण सुवेदी, उद्योग बाणिज्य संघका महासचिव गिरिराज पान्डे, नागरिक समाजका पुर्ब अध्यक्ष सम्भु प्रसाद उपाध्याय लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम संचालन नगरपालिका लेखापाल सन्जय शर्माले गरेका थिए ।