गण्डक बाँधकाे ठोकर मर्मतमा अनियमितता

परासी, २० माघ । नवलपरासी स्थित नारायणी नदीको गण्डक बाँधका ठोकर मर्मत कार्यमा व्यापक अनियमितता भएको पाइएको छ । ठेकेदारले कमसल र स्थानिय निर्माण सामाग्री प्रयोग गरि ठोकरहरु मर्मत कार्यमा व्यापक अनियमितता गरेको स्थानियले आरोप लगाएका छन । ठेकदारले स्टिमेट अनुसार काम नगरि स्थानिय मेटेरियल र कमसल निर्माण सामाग्री प्रयोग गरि मर्मत कार्यमा अनियमितता गरिरहेको गण्डक नदी संघर्ष समितिका अध्यक्ष दुधनाथ गुप्ताले आरोप लगाएका छन् । अध्यक्ष गुप्ताका अनुसार ठेकदारहरु साईट ईन्जिनियरको मिलोमतोमा स्टिमेट अनुसार काम नगरि र कमसल निर्माण सामाग्री र सोही खोलाको मेटेरियल प्रयोग गरि व्यापक अनियमिता गरिरहेको आरोप लगाएका हुन ।

नेपाल भारत सम्झौता अनुसार त्रिवेणी ब्यारेजको दक्षिण तर्फ नारायणी नदी (स्थानिय नाम गण्डक नदी) को बाँध र ठोकरहरु निर्माण गर्ने सहमति भए अनुसार भारतीय सरकारले बर्षेनी बाँध र ठोकर निर्माण तथा मर्मतका लागि करोडांै रुपैया लगानी गर्दै आएको छ । भारत सरकारले उक्त निर्माण तथा मर्मत कार्यका लागि स्टिमेट पनि आफै गर्ने र ठेक्का पनि भारतीय ठेकेदारलाई नै दिने गरेको छ । सुस्ता गाउँपालिकामा पर्ने कुडिया देखि पक्लिहवाँसम्मको उक्त गण्डक बाँधको ठोकर नं. ७ देखि १२ र लिंक बाँधहरुमा सिसि ब्लक ढलान, पर्कुपाईन निर्माण र बेस बनाउने कार्यहरु भैरहेको छ । उक्त कार्यहरु करिब १० करोड रुपैया नेपालीको भैरहेको छ ।

वर्षेनी भारत सरकारले करांैडांैको रकम गण्डकका ठोकरहरु निर्माण तथा मर्मत कार्यका लागि बिनियोजन गर्दै पनि भारतीय ठेकदारले गर्ने गुणस्तरहिन र कमजोर निर्माण कार्यले ठोकरहरु वर्षेनी भत्किने र धस्ने गर्दा बनाइएका ठोकरहरु ध्वस्त हुने गर्दछन । निर्माण कार्यमा यसै नारायणी नदीको गिट्टी, बालुवा, ढुङ्गा, मिस्कट प्रयोग हुदै आएको छ । स्टिमेटमा बाहिर बाट गिट्टीबालुवा, ढुङ्गा, मिस्कट हरु प्रयोग हुनु पर्नेमा ठेकेदारले केहि सम्बन्धित निकायहरुलाई मिलाई लोकल मेटेरिय प्रयोग गरि करोडांैको बजेट पचाउदै आएको छ । ठेकदार तथा भारतीय ईन्जिनियरहरु काम गर्न अनुमति लिन आएपनि कामको विवरण, स्टिमेट, बजेट बारे कुनै जानकारी नदिने गरेको जिल्ला सन्वय समिति प्रमुख शिवशंकर रायले जानकारी दिए ।

बर्षेनी नेपालमै गण्डक बाँधका ठोकरहरु निर्माण कार्यहुन्छ तर ठेकेदारहरुले आफ्नो मनपरि काम गर्छ सम्बन्धित निकाय भुआर्जन तथा सम्पर्क कार्यालय, नेपाल गण्डक पश्चिमी नहर सिंचाई प्रणाली सेमरी, जिल्ला समन्वय समित र स्थानिय प्रशासन समेतलाई कति बजेटको ठेक्का हो र के–के मेटेरियल प्रयोग गर्ने हो सो विषयको स्टिमेट हो पनि दिदैनन । उक्त क्षेत्रमा काम भारतीय सरकारको भएपनि सो कार्यहरुको अनुगमन गर्न भुआर्जन तथा सम्पर्क कार्यालय बालमिकी नगर विहारलाई जिम्मा दिइएको छ । सो कार्यालयमा नेपाल सरकारले नै उक्त क्षेत्रका निर्माण कार्यहरुको अनुगमन र समन्वयका लागि अधिकृत नै नियुक्त गरेको छ तर पटक पटक स्टिमेट माग गर्दा पनि ठेकदार र भारतीय सम्बन्धित निकायले स्टिमेट दिन आलटाल गर्दै आएको भुआर्जन तथा सम्पर्क अधिकृत तारासिंह थापाले गुनासो गरे । उनले भने, ठेकदारहरु नदीबाट मेटेरियल झिक्दा कुनै रोयाल्टी पनि नतिरेको बताउदै लगानी भारतको भएपनि काम नेपालको भएकाले चुपचाप बस्न परेको बताए ।

गण्डकमा भारतीय सरकारको लगानी बालुवामा पानी जस्तै भएको छ । वर्षेनी तिनै ठोकरहरुको निर्माण कार्य हुन्छ तर एकवर्ष पनि ति ठोकरहरु टिक्न सक्दैनन् । नारायणी नदीमा आउने भिषण बाढीका कारण बनाइएका ति ठोकरहरु भत्किने गरेको ठेकेदारहरुले सफाई दिने गरेका छन् । ठोकर निर्माण गर्दा बोरामा बालुवा भरि तलको बेस बनाउछन्, त्यसमाथि क्विन्टलका क्विन्टल सिसी ब्लक निर्माण गरि ठडयाउछन् जुन पानीले एक दुई महिनामै बोरा कुहिएर बाढीले बालुवा बग्दै जान्छ र गहु्रंगो ब्लकहरु नदीमा ढल्न पुग्छ, फेरि ठेकेदारहरुले भारतीय सरकारलाई त्यहि काम देखाई करोडांैको ठेक्का लिई खेती पाती गर्दै आएको स्थानिय युवराज र्मार्यले आरोप लगाए ।

नेपाल भारतको सन्धी सम्झौता अनुसार (नारायणी नदी) गण्डकबाट कुनै किसिमका खोलाजन्य पदार्थ तथा पानी कुनै पक्षका व्यक्तिले झिक्न नपाउने जानकारहरु बताउछन् तर भातरीय ठेकेदारहरु मिलोमतोमा सोही खोलाको गिट्टीबालुवा, ढुङ्गामिस्कट झिकी निर्माणमा प्रयोग गर्दै आएका छन् । नदीमा आउने भिषण बाढी गाउँमा नपसोस भनि भारत सरकारले वर्षेनी बाँधको उचित मर्मत तथा व्यवस्थापन गर्न विभिन्न लिन्क बाँध र ठोकरहरु निर्माण गर्दै आएको छ । गण्डक कमाण्ड क्षेत्रका साविकका १३ गाविस हाल सुस्ता, प्रतापपुर र सरावल गाउँपालिका डुबानको जोखिममा छ ।

Related articles

संविधान दिवसलाई कालो दिवस भन्दै नवलपरासीमा बिरोध प्रदर्शन

परासी, ३ असोज। नवलपरासीमा पनि आज बिरोध प्रदर्शन गरिएको छ। जनता समाजवादी पार्टी नवलपरासीले आज असोज ३ गते संविधान दिवसलाई कालो दिवसको रुपमा मनाउदै बिरोध प्रदर्शन गरेको हो। पार्टीले जिल्लाको सदरमुकाम परासीको हाटबजारबाट निकालेको बिरोध र्याली जिल्ला प्रशासन हुँदै बुद्धचोक स्थित कोणसभामा परिणत भएको थियोे । पार्टीका अध्यक्षद्वय धरेन्द्र यादव र मुकुरजी गिरिको नेतृत्वमा निक्लेको […]

उद्योग बाणिज्य महासंघ प्रदेश ५ द्धारा पत्रकार र सुरक्षाकर्मीलाई सुरक्षा सामाग्री प्रदान

परासी, १४ बैशाख । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नंं ५ ले पत्रकार तथा सुरक्षाकर्मीहरुलाई सुरक्षा सामाग्री उपलब्ध गराएको छ । उबा महासंघ प्रदेश ५ का अध्यक्ष एवं उबा महासंघका केन्द्रिय सदस्य गुणनिधि तिवारीले जिल्लाका सुरक्षाकर्मी र पत्रकारहरुलाई मास्क, सेटिनाईजर, ग्लोब्स उपलब्ध गराएका हुन् । क्रोना भाईरसको माहामारीका बेला सिमा लगायतका क्षेत्रहरुमा अग्रसर भई सुरक्षा […]