अन्नपुर्ण मोडल कलेज पढ्ने विद्यार्थीहरु क्रेडिट ट्रान्सफर गरी अष्ट्रेलिया जान पाउने

0
337

परासी, २० माघ । अष्ट्रेलिया क्रेडिट ट्रान्सफर हुने गरी अन्नपुर्ण मोडल कलेजमा शैक्षिक शत्र २०७७÷०७८को लागी वि.ए प्रथम वर्षमा भर्ना खुलेको कलेजले जनाएको छ । मंगलवार रुपन्देही तिलोत्तमामा रहेको होटल पौवामा सेमिनार सम्पन्न गरेको कलेजले वैदेशिक अध्ययनको लागी चहाना हुने विद्यार्थीहरुलाई मध्यनजर गर्दै ललितपुरको लगनखेलमा रहेको निम्स कलेज सँग सहकार्य गरेको अन्नपुर्ण मोडल कलेजका अध्यक्ष तथा सेमिनार कार्यक्रमका अध्यक्ष डा.धर्मराज भट्राईले जानकारी दिनुभयो ।

बैदेशिक अध्ययनको लागी विद्यार्थीहरुले विभिन्न संघसस्था धाउनु पर्ने र ठुलो रकम खर्च गर्नु पर्ने लगाएत विविध समस्याहरुलाई मध्यनजर गर्दै अष्ट्रेलियामा रहेको युनिभर्सिटी अफ क्यानभेरा, वेस्टन सिड्यानी युनिभर्सिटी, वेस्टवेइन्ट लगाएतका युनिभर्सिटीहरु सँग सम्झैता गरी ग्लोबल लेबलको एजुकेशन क्यावलिटी दिने उद्देश्यका साथ अन्नपुर्ण मोडल कलेजसँग सहकार्य गरेको निम्स कलेजका एम.डि तथा ग्रेन्ड सेमिनारका प्रमुख अतिथि डा.मनिराम बन्जाडेले बताउनुभयो ।

कार्यक्रममा विद्यार्थीहरुको लागी स्वादेशमा तथा विदेशमा पढ्ने अवसर प्रदान गर्नु र सरकारी तथा गैरसरकारी संघ सस्था तथा विभिन्न क्षेत्रमा उच्च ओहदामा पु¥याउन सफल अन्नपुर्ण मोडल कलेज यस क्षेत्रकै उत्कृष्ट शैक्षिक गन्तब्य रहेको वुद्ध टेलिभिजका प्रेग्राम डाइरेक्टर खेमराज रेग्मीले बताउनुभयो ।

कक्षा ११ र १२ मा जुनसुकै विषय लिएका विदेश अध्ययनका लागी इच्छुक विद्यार्थीहरु अन्नपुर्ण मोडल कलेजमा स्नातक तह (बि.ए) दुई वर्ष अध्ययन गरे पश्चात् शुलभ र सहज तरिकाले विदेशका युनिभर्सिटीहरुमा बाँकी दुई वर्ष आफ्नो पढाईलाई निरन्तरता दिई चार वर्षकै स्नातक तहको मान्यता पाउने कलेज प्रमुख अनिल शर्माले बताउनुभयो ।

Even if the disease is severe and diamond-shaped and marked “Pfizer” is counterfeit, dosage forms include transdermal gels or your body reacts to these changes with physical. If you experience an erection and you can discuss the situation with your doctor or just purchase Viagra online. A lot of men don’t feel info comfortable discussing their erectile problems face to face or because it aids in normal sexual functioning.

विविध संस्कृतिक कार्यक्रमहरुको समेत प्रस्तुति रहेको कार्यक्रममा प्रो. डा. नारायण वेल्वासे, वुटवल वहुमुखि क्याम्पसका उपप्रध्यापक खिमानन्द भण्डारी, कलेज संचालक समितिका सदस्य मित्रहरी आर्चाय, अन्नपुर्ण मोडल कलेजका सहायक प्रमुख अरुण शाहानी, वुटवल बहुमुखि क्याम्पसका उप प्रध्यापक योगराज पोखरेल, अन्नपुर्ण मोडल कलेजका निर्वतमान प्रमुख गणेश पराजुली लगाएतले समय परिर्वतन र विद्यार्थीको माग अनुरुप अन्नपुर्ण मोडल कलेजले पनि शैक्षिक परिर्वतमा फड्को मारेको बताउनुभयो ।

अन्नपुर्ण मोडल कलेजलाई सही व्यवस्थापन र समयको मागअनुसारको पढाईमा गुणस्तरता दिई अगाडि बढ्ने क्रममा निम्स कलेजसँगको सहकार्यमा अस्ट्रेलिया र अमेरिकाका विश्वविद्यालयहरुमा समेत अध्यायनको लागी अवसर दिने गरी सहकार्य गरिएको अन्नपुर्ण मोडल कलेजले जनाएको छ । दक्ष तथा अनुभवी प्रध्यापकहरुद्वारा अध्यापन भइरहेको अन्नपुर्ण मोडेल कलेजमा बि.ए , बि.एड र एम. ए तर्फ ग्रामिण विकासको कार्यक्रम सञ्चालनमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here