परासी, २० माघ । नवलपरासी प्रहरीले ३ लाख ७७ हजार मुल्य बराबरको अवैध मालसमान बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले चिसापानीबाट भन्सार छली लुकाई राखिएको ११ कार्टुन टिपरको एयर फिल्टर बरामद गरि आवश्यक कार्वाहीको लागि महेसपुर भन्सार कार्यालय बुझाएको छ । बरामद मालसमान ३ लाख ७७ हजार ८०२ रुपैया मुल्य बराबरको रहेको प्रहरीले जनाएको छ ।