परासी, १७ माघ। देशको भुमिप्रति समर्पित सुस्ताको भुमि बचाउनको लागि आहोरात्र खट्दै आएका इन्ताफ मियाको बिरामीका कारण मृत्यु भएको छ। बिरामीका कारण कमजोर हुँदै गएका मिया ७२ बर्षको उमेरमा मृत्यु भएपछि सुस्ताबासी अत्यन्तै दुखी भएका छन।
सुस्ता भुमी जोगाउन सुस्ता सिमामा भारतीय ज्यादतीका विरुद्धमा लडदै आएका मियाको निधन प्रती दुखी हुँदै सुस्ताबासी भन्छ्न हामिले एउटा पिलर गुमायौ।
मिया सुस्ताको हरेक समस्यामा चासो राख्न र भिड्नसधैं अग्रसर भै लाग्ने गर्द्थे । आफ्नो स्वास्थ्यको ख्याल नराखी सुस्तामा प्रत्येक मिटिङ्ग समयमै गएर सहभागी हुनुको साथै डेलिगेसनको लागि पटकपटक काठमाडौ जाने प्रेरित गर्ने हामीहरुको प्रेरणाको स्रोत मियाको निधन प्रती सिङ्गो सुस्तानै दुखी भएको सुस्ता बचाउ अभियानका प्रबक्ता रबिन्द्र जयसवालले बताए । यस्तो दुखको घडीमा शोकाकुल परिवारलाई धैर्य धारण गर्न र उन्को पार्थीव शरिरमा नेपालीको राष्ट्रिय झन्डा ओढाएर अन्तिम बिदाइ गरियो ।