समावेशी ग्रामीण विकास परियोजनाद्वारा कृषि यन्त्र हस्तान्तरण

उमेश बि.क / नवलपरासी ,१७ माघ। पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं.९ स्वाठीमा कृषि यन्त्र हस्तान्तरण गरिएको छ ।

काेइकाकाे अार्थिक सहयाेग तथा गुड नेवर्स इन्टरनेसनलकाे प्राबिधिक सहयोग एवम् सहमतिकाे अायाेजनामा सन्चालित समावेशी ग्रामीण विकास परियोजना नवलपरासी अन्तर्गत स्थानीयद्वारा पहल परियोजनाबाट कम्वाइन हार्वेस्टर १ थान ,ट्रयाक्टर १ थान,ल्यान्ड लेजर लेवलर १ थान,पाेटेटाे हार्वेस्टर १ थान ,पाेटेटाे पल्लान्टर १ थान,हेय्याप्पि सिडर १ थान,राेटाभेटर १ थान तथा राेटाभेटर गरि कुल ६६ लाख ५० हजार ९५ रुपैयाँ पचिस पैसा बराबरको कृषि यन्त्र स्वाठी कृषि सहकारी संस्था लिमिटेड स्वाठीलाइ हस्तान्तरण गरिएको हाे ।

स्वाठी कृषि सहकारी संस्थाकाे अध्यक्ष वीर बहादुर थापाकाे अध्यक्षता तथा सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापा भरतकाे प्रमुख अातिथ्यतामा कृषि यन्त्र हस्तान्तरण गरिएको हाे।

कृषि यन्त्र हस्तान्तरण गर्दै नगर प्रमुख थापाले कृषि उत्पादनमा बृद्धि हुदै कृषकहरुकाे जीवन उन्नति प्रगतिकाे शुभकामना दिनुभएको हाे।

कृषि यन्त्र हस्तान्तरण कार्यक्रममा सुनवल नगरपालिका वडा नं.९ वडा अध्यक्ष कन्हैया थारु,सहमतिकाे अध्यक्ष करुणा सागर सुवेदी,गुड नेवर्स इन्टरनेसनल नेपालकाे टिम लिडर लाेक बहादुर थारु,नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष हरि शर्मा ,जिविकाेपार्जन बिज्ञ सुनिल दुलाल,ब्यवस्थापक पुनम जैसवाल , सहकारीकाे सदस्य टंक कुवर लगाएतले कृषि यन्त्र राम्रोसँग सदुपयोग गरि अार्थिक उन्नति र कृषि विकास गर्न सुझाव सहित शुभकामना ब्यक्त गर्नुभएको थियाे।

समावेशी ग्रामीण विकास परियोजना नवलपरासी पश्चिम र नवलपरासी पुर्वमा २ वटा नगरपालिका , ४ वटा गाउँपालिका र १३ वडामा सन्चालित रहेको छ।

Related articles

सामाजिक सञ्जालले कसरी बिगार्न सक्छ व्यवसाय ?

बीबीसी, २६ असार । ह्याकरदेखि आक्रोशित ग्राहक वा सामाजिक सञ्जालमा विरोधको सानो पोस्टले पनि व्यवसायमा ठूलो चोट पुग्न सक्छ । यसरी सामाजिक सञ्जालले केही मिनेटमै व्यावसायिक ब्रान्डहरुमाथिको विश्वास चकनाचुर पार्न सक्छ । रेपुटेसन म्यानेजमेन्ट कन्सल्टेन्सी लन्सन्सका डिजिटल परामर्शकर्ता पिट नट भन्छन्, “कुनै पनि कम्पनीको प्रतिष्ठालाई सबैभन्दा ठूलो खतरा अहिले सामाजिक सञ्जालबाटै छ । किनकि त्यसलाई […]

अभिभावक विहिन बालबालिकालाई भत्ता

बैतडी, १८ जेठ । दोगडाकेदार गाउँपालिकाका अभिभावक विहिन बालबालिकालाई भत्ता वितरण गरिने  भएको छ । यहाँका २० अभिभावक विहिन बालबालिकालाई  मासिक रू दुई हजारका दरले भत्ता वितरणको तयारी भएको गाउँपालिकाका कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी दिए । माध्यमिक तहसम्म अध्ययनरत त्यस्ता बालबालिकालाई पढाइमा सहयोग पुर्याउने उद्देश्यले चालू आर्थिक वर्षको साउनदेखि  मासिक रु दुई हजारका दरले […]