परासी, माघ १६ । मानव अधिकार तथा शान्ति समाजका संस्थापक एंव नागरिक समाजका अगुवा कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गृहयुद्ध तर्फ धकलेको आरोप लगाउनु भएको छ ।
मानव अधिकार तथा शान्ति समाज पश्चिम नवलपरासीको २० औं साधारणसभाको शुक्रबार उद्घाटन गर्न भूमही पुग्नु भएका पहाडीले राज्य संयन्त्रको दुरुपयोग गरेर प्रधानमन्त्री ओलीले देशलाई गृहयुद्धतर्फ धकलेको आरोप लगाउनु भएको हो ।
असंवैधानिक तरिकाले गरेको प्रतिनिधिसभा विघटनपछि क्षेत्रवाद र जातिवादले टाउको उठाउन थालेको र चिहानमा दफन गरिएका मुद्दाहरु ब्युँताउने प्रयास गरेर ओलीले देशलाई गृहयुद्ध तर्फ धकेल्ने काम गरेको उहाँको आरोप छ ।
समाजका नवलपरासी अध्यक्षा सन्ताेष अधिकारीकाे अध्यक्षतामा भएकाे २० अाै साधारण सभा तथा ११ अाै अधिवेशनमा विशिट अतिथी पुर्व गृहराज्य मन्त्री देवेन्द्र राजकंडेल लगायतले मन्तब्य राखेका थिए । साभार इमेजखर