नारायणी नदीमा ढुङ्गा गिट्टीबालुवा चोरी निकासी बढयो : सम्बन्धित निकाय मौन

0
485

परासी, १५ माघ । सम्बन्धित निकायको मौनताले नवलपरासीको नारायणी नदीमा अवैध उत्खनन बढेको छ । स्थानिय व्यपारीहरु दिनदहाडै नदीबाट अवैध उत्खनन गरि ढुङ्गा गिट्टीबालुवा निकासी गरिरहेका छन । जिल्लाको नारायणी नदी (गण्डक नदी)मा स्थानिय व्यपारीहरु टयाक्टर सोझै खोलामा हालेर नदी जन्य पदार्थ दोहन गरि रहेको जन गुनासो बढेपनि सम्बन्धित निकाय भने बेखर बसेको छ ।

सुस्ता गाउँपालिका वडा ३, ४ र ५ मा पर्ने नारायणी नदीको उक्त भागबाट व्यपारीहरु दिनहुँ सयभन्दा बढि टेक्टर अवैध गिट्टीबालुवा र ढुङ्गा निकासी गरि रहेपनि यसको रोकथामका लागि नत्र सुस्ता गाउँपालिका अगाडी सरेको छ नत्र जिल्ला समन्वय समिति र प्रहरी प्रशासन । व्यपारीहरु नदीबाट अनाधिकृत रुपमा अवैध उत्दनन गरि नदीकै छेउछाउमा अवैध स्टक गरेपनि यसलाई सम्बन्धित निकायले जफत समेत गरेकाे छैन ।

सम्बन्धित निकायबाट ठेक्का नलागेको उक्त खोलामा यसरी दिनदहाडै सयबढि ट्रेक्टरहरु कुनै रोयाल्टी नतिरीकन अवैध रुपमा नदीजन्य पदार्थ चोरी रहेको पाइएपनि यसको रोकथामका लािग पालिका तथा प्रहरी प्रशासनको प्रभावकारी अनुगमन किन हुन सकिरहेको छैन ? भन्ने प्रश्न चिन्ह खडा भएको छ । नदीबाट सुस्ता गाउँपालिका कार्यालय तथा वडा कार्यालयबाट करिब डेढ किलोमिटर दुरीमा छ भने नर्सही, तथा रामनगर प्रहरी चौकीबाट बढिमा १ किलोमिटर दुरीमै छ तर पनि अवैध दोहन घटेको पाईदैन ।

गण्डक नदी नियन्त्रण संघर्ष समितिका अध्यक्ष दुधनाथ गुप्ताले व्यपारीहरु नदीको पश्चिमी बाँधको छेउबाटै अनाधिकृत रुपमा अवैध उत्खनन गरिरेका छन् जसकारण गण्डक बाँध फुटने खतरा पनि झनै बढदै गएको र यसलाई तत्काल रोक्न सम्बन्धित निकाय प्रभावकारी अनुगमन गर्न जरुरी रहेको बताए ।

नदीबाट खोलाजन्य पदार्थ निकास हुँदा राजस्व मात्र छली नभई बाँध समेत फुटने खतरा बढदै गएको छ । भारतीय पक्षले बाढीको जोखिम कम गर्न गण्डक बाँधलाई बलियो बनाउने उद्देश्यले बर्षेनी करोडौ रुपैया लगानी गरि बाँधको ठोकर, स्पर र तटबन्धको मर्मत सम्भार कार्य गर्दै आएको छ तर नेपालकै व्यपारी र स्थानिय जनताहरु बाँधकै नजिकबाट जथाभावी अवैध उत्खनन कार्यले गण्डक बाँध फुटने खतरा बढदै गएपनि यस तर्फ सम्बन्धित निकायको ध्यान किन पुगेको छैन ? भनि स्थानिय युवराज मार्यले प्रश्न गरे ।

यता जिल्ला समन्वय समिति प्रमुख शिव शंकर रायले जिल्लाको सबै खोलानालाहरुको नियमिति अनुगमन भैरहेको जानकारी दिए । अनुगमन गर्दा खोलाबाट अवैध रुपमा नदीजन्द पदार्थ झिकीरहेको सवारी साधनलाई नियन्त्रणमा लिई जरिवाना लगाउने पनि बताउदै जिल्ला भरिकै खोलाहरुको अनुगमन गरि अवैध उत्खनन गर्नेहरुलाई नियन्त्रणमा लिई कार्वाहीसमेत गर्ने बताए ।

जिल्लामा नारायणी नदी संगै सुनवलमा तुरिया, पानभार, बडेरा खोला पनि छ भने बर्दघाट नगरपालिकामा खजुरा खोला, सुस्ता गाउँपालिकामा रायपुरा र रामग्राम झरही खोला छन । टेण्डर भएका खोला बाहेक अरु खोलाहरुबाट पनि अवैध चोरी निकासी हुने गरेको पाईन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here