सरावलमा अामा सहित तीन जना गरे अात्महत्या: प्रहरीद्वारा अनुसन्धान कार्य जारी

0
270

उमेश बि.क / नवलपरासी ,१५ माघ। पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ५ धनगडवामा अामा सहित तीन जना अात्महत्या गरेका छन ।

आत्महत्या गर्नेमा सरावल गाउँपालिका वडा नं. ५ धनगडवाकाे ३२ बर्षीया अनिता चाैधरी र उनकाे २ छाेरी बर्ष १२ कि नेहा चाैधरी र वर्ष १० कि हिमा चाैधरी रहेकी छन् ।

उनिहरुले बुधबार राति आफ्नै घरमा बीस सेवन गरि घरमा ताल्चा लगाई भित्र रहेको र स्थानीय थाहा पाउदा निकालि पृथ्वी चन्द्र अस्पताल परासी राति १० बजे पुर्याएकाे वडा नं. ५ वडा अध्यक्ष दिनेश सहानिले जानकारी दिनुभएको हाे।

अवस्था गम्भीर भएकोले पृथ्वी चन्द्र अस्पताल परासी रिफर गरेपछि मेडिकल कलेज भैरहवामा राति ११ बजे पुर्याइएकाे थियाे ।तिनजनैकाे अवस्था निकै गम्भीर रहेको हुदा राति नै मृत्यु भएको थियाे ।

मृतक तिनजानकाे शव भिम अस्पताल भैरहवामा हाल पाेष्टमार्टम भइरहेको वडा अध्यक्ष सहानिले जानकारी दिनुभएको हाे।

मृत्युको मुख्य कारण नखुले पनि जग्गा बिवाद तथा घरायसी झैझगडाकाे कारण अात्म हत्या गरिएको स्थानीयकाे अासंका रहेको छ ।

साे घट्नाबारे सत्यतथ्य खाेज अनुसन्धान भइरहेको गाेबरहिया प्रहरी चाैकी ईन्चार्ज एलबि सेन्चुरीले बताउनु भएको छ ।

मृतक चौधरीकाे श्रीमान जितेन्द्र थारु रोजगारीका लागि विदेशमा रहेका छन्। चौधरीका सन्तानमा दुई छोरी मात्र रहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here