परासी, ८ माघ । नेपाली कांग्रेस नवलपरासीले संसद विघटनको विरुद्धमा वडा वडामा विरोध प्रदर्शन गरेका छन । नेपाली कांग्रेसको केन्द्रिय निर्देशन अनुसार आज देशभरि संगै नवलपरासी जिल्लाको ७ वटै स्थानिय तहका सबै वडाहरुमा पनि नेपाली कांग्रेसका वडा समितिहरुले संसद विघटनको विरुद्धमा विरोध प्रदर्शन गरेका हुन । जिल्लाका केहि वडाहरुले विरोध रयाली निकाली कोणसभा गरि विरोध प्रदर्शन गरेका हुन भने केहि वडाहरुले विरोध सभा गरि विरोध प्रदर्शन गरेका हुन । जिल्लाका सबै वडाहरुमा कांग्रेसले गरेका विरोध कार्यक्रमहरुलाई जिल्लाका नेताहरुले कार्यक्रम सम्बोधन गरेका छन । विरोध प्रदर्शन कार्यक्रम सम्बन्धित वडा वडाका वडा अध्यक्षहरुको अध्यक्षतामा सम्पन्न भएको छ । वडा स्तरीय विरोध कार्यक्रमा वडाका नेका कार्यकर्ताहरुको बाक्लो उपस्थ्तिी रहेको थियो ।