प्रहरीद्धारा २४ लाख ७१ हजार मुल्यको तस्करीका मालसमान बरामद

0
293

परासी, ८ माघ । नवलपरासी प्रहरीले २४ लाख ७१ हजार मुल्य बराबरको विभिन्न मालसमान बरामद गरेको छ । भन्सार छली तस्करी भैरहेको विभिन्न सरसामानहरु जिल्लाको विभिन्न क्षेत्रबाट २४ लाख ७१ हजार मुल्य बराबरको उक्त मालसमानहरु बरामद गरेको हो ।
ईलाका प्रहरी कार्यालय बर्दघाटले विहिवार दिउँसो बर्दघाट नगरपालिका ४ टिसिएन चोकबाट भारतबाट अवैध रुपमा ल्याई लुकाई राखेको २२५ थान डिजल पिस्टन बरामद गरेको छ । उक्त डिजल पिस्टन प्रतिथान १० हजारका दरले २२५ थानको करिब २२ लाख ५० हजार मुल्य बराबर रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालयबाट गस्तीमा खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका ७ उजैनीबाट १ लाख ७६ हजार ७ रुपैया मुल्य बराबरको चिनी, कपडा, चामल, विस्कुल, सरफ र तेल लगायतका खाद्यान्न सामाग्रीहरु बरामद गरेको जनाएको छ । त्यस्तै प्रहरीले ४५ हजार मुल्य बराबरको २५० किलो ग्राम अवैध माछा पनि रामग्राम नगरपालिका २० मंझरिया चोकबाट बरामद गरेको छ । बरामद मालसमानहरुको आवश्यक कार्वाहीको लागि महेसपुर भन्सार कार्यालय पठाइएको र बरामद माछा क्वारेन्टाई चेकपोष्टको रोहबरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here