नेपाल रेडक्रस सोसाइटी परासी उपशाखाको १० औ सभा सम्पन्न

0
297

परासी, ७ माघ। नेपाल रेडक्रस सोसाइटी परासी उपशाखा नवलपरासीको १० औ साधारणसभा सम्पन्न भएको छ। उपशाखा सभापति आराधना भट्टको अध्यक्षता तथा रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको प्रमुख आतिथ्यता उक्त सभा परासीमा सम्पन्न भएको हो।
सभामा रेडक्रसका संस्थापक हेनरी ड्युनाको फोटोमा फुलमाला पनि अर्पण गरिएको थियो।

सभामा उपशाखाको प्रगति प्रतिबेदन तथा आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियो।कार्यक्रममा रेडक्रसमा आबद्ध रहि लामो समय सम्म काम गरेका रेडक्रस सोसाइटी नवलपरासीका पुर्ब सभापति प्रभाकर सिंह थापा, पुर्ब जिल्ला सदस्य केशव खनाल र पुर्ब जिल्ला सदस्य अर्जुन प्रधानको परिवारलाइ सम्मान गरिएको छ।

सभामा प्रमुख अतिथि रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले जनताको दुखमा मलहम लगाउने सामाजिक संस्था भएकाले यसको अभियानमा सबैले सहयोग गर्न आवश्यक रहेको बताउनु भयो। उन्हाले, यस्तो सामाजिक संस्थामा राजनीति न गरिकन रेडक्रसको आदर्शमा हिड्ने र यश संस्था मार्फत सामाजिक काम अगाडी बढ्न र जनतालाइ दुखमा साथ दिन रेडक्रसकर्मीलाइ आग्रह गर्नु भयो। उन्हाले रेडक्रसको १० औ सफलताको सुभकामना पनि व्यक्त गर्नु भ्यो।

सभामा अध्यक्ष आराधना भट्ट, विशेष अतिथि रेडक्रस सोसाइटी नवलपरासीका जिल्ला सभापति राजेन्द्र अग्रहरी, अतिथि रेडक्रस पुर्ब जिल्ला प्रभापती प्रभाकर सिंह थापा, जिल्ला सदस्य अर्जुन कुमार छेत्री, रामग्राम नगरपालिका वडा १२ का कार्यबाहक अध्यक्ष रामानन्द यादब, रेडक्रस कसिया उपशाखा सभापति बुद्धिरा यादव, पृथ्वी चन्द अस्पताल बिकास समिती पुर्ब सभालती सन्तोष श्रीवास्तब, उपशाखा सचीव अवधेश यादब लगायतले शुभकामना मन्तव्य राखेका थिए। सभाको कार्यक्रम उपशाखा कार्यसमिति सह सचीव डोलराज डुम्रेले संचालन गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here