परासी, २० पुस। जिल्ला समन्वय समिति नवलपरासीले झरही खोलाबाट अबैध उत्खनन गरिरहेको २ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ। जिल्लाको पाल्हिनन्दन गाउँपालिका ३ स्थित झरही नदिमा बालुवा भस्कटको चोरिनिकासी भैरहेको जनगुनासो बढेपछी समन्वय समितिले अनुगमनको क्रममा बालुवा र भस्कट लोड गरिरहेको २ ट्याक्टर नियन्त्रणमा लिएको हो।
जिल्ला समन्वय समिति प्रमुख शिव शंकर रायको नेतृत्वमा अनुगमनमा पुगेका अनुगमन टोलीले नदिमा अबैध उत्खनन गरिरहेको लु४त ५०३६ नम्बरको सोनालिका ट्याक्टर र लु३त ८३११ नम्बरको पावरट्रेक बालुवा-भस्कट लोडेड ट्रली सहित नियन्त्रणमा लिइ आवस्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय बुझाइएको समन्वय प्रमुख रायले जानकारी दिनु भयो।
उक्त खोलाको बैधानिक तरिकाबाट ठेक्का पट्टा नभएको र स्थानीय ब्यपारीहरु व्यापक रुपमा नदीमा अबैध उत्खनन गरिरहेको पाइएपछि समन्वय समितीले अनुगमनमा तिब्रता दिएको प्रमुख रायले बताउनु भय। नियन्त्रणमा लिइएका ट्याक्टरहरुलाइ पाल्हिनन्दन गाउँपालिकाद्वारा निर्धारित जरिवाना १५०००० हजार तिराउने र बालुवा-भस्कट जफत गर्ने प्रमुख रायले जानकारी दिनु भयो। उक्त खोलाको टेन्डर वडा नम्बर ३ बाट भइ पट्टा समेत उठी उत्खनन भैरहेको कुरा सुन्नमा आएको हुन्दा उक्त टेन्डर वडाले गर्ने अधिकार नरहेको र सो बिषयमा थप अनुसन्धान भैरहेको गाउँपालिकाले जनाएको छ।