रम्पुरवा साना किसानको २४ औं साधारणसभा सम्पन्न

0
404

जितेन्द्र गुप्ता- महेसपुर २० पुस । पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउपालिका वडा न० १ महेशपुरमा अवस्थित रमपुरवा साना किसान कृषि सहकारी संस्था लि०को २४ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।

रमपुरवा साना किसान कृषि सहकारी संस्था लि० ले गत आर्थिक वर्ष ०७६/०७७ मा ७ करोड ४४ लाख ८९ हजार १६७ रुपैयाको कुल कारोबार गर्दै ६१ लाख ,३० हजार २०७ रुपैयाको नाफा आर्जन गर्दै जिल्लाको सहकारीको उत्कृष्ट सहकारीहरुमा पर्न सफल भएको दाबी गरिएको छ ।

रमपुरवा साना किसान कृषि सहकारी संस्था लि० का अध्यक्ष मोजिम अलि अन्सारीको अध्यक्ष्ाता तथा नेपाली काङ्ग्रेस केन्द्रीय सदस तथा पुर्ब गृहराज्यमन्त्री माननीय देवेन्द्रराज कंडेलको प्रमुख अथितिक्ता तथा लुम्बिनी प्रदेश सभा सदस्य माननीय बैजनाथ जयसवालको विशिस्ट अथितिक्ता तथा पाल्हिनन्दन गाउपालिकाका उपप्रमुख पाबित्रा कोहारको विशेष अतिथिक्ता एवम् पाल्हिनन्दन गाउपालिकाका कार्यपालिका सदस्य राजकुमारी कोहार , सनराइज मा०बि० का प्रधानध्यापक उपेन्द्र गुप्ता , सिटिजन लाइफ इन्स्योरेन्सका व्यावसायक बिकास सन्योजक बिजय मरासिनी , रमपुरवा साना किसान कृषि सहकारी संस्थाका पुर्व अध्यक्ष महातम बिश्वकर्मा, पत्रकार रन्जित शर्मा , जितेन्द्र गुप्ता , समाजसेवी चुलाइ यादव लगायतको व्यक्ति अतिथिक्ता रहेको थियो भने स्वागत मन्तव्य संस्थाका सल्लाहकार सन्जय जयसवालले राख्नु भएको थियो भने कार्यक्रम सन्चालन तथा लेखा प्रतिवेदन रियाज अन्सारी तथा प्रगति प्रतिबेदन लेखा सन्योजकले प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here