नेपाल-भारत सिमा खोल्न माग गर्दै नवलपरासीमा बिरोध प्रदर्शन

0
457

परासी, २० नेपाल-भारत सिमाबन्दीको विरुद्धमा नवलपरासीमा बिरोध प्रदर्शन भएको छ। कोभिड-१९को नाममा सरकारले लम्ब्याउदै गएको सिमा बन्दलाई तत्काल खोल्न माग गर्दै जनता समाजवादी पार्टी नवलपरासीले बिरोध प्रदर्शन गरेको हो।

कोभीड-१९ को संक्रमण रोकथामका लागि बिगत १० महिनादेखी बन्द गरिएको नेपाल भारत सिमा तत्काल खुलाउन जसपा नवलपरासीले माग गरेको हो।

सिमा खुलाउन सरकारलाई दबाब दिन पार्टीले महेसपुर चोकबाट बिरोध र्याली निकाली महेसपुर मुलनाक स्थित कोण सभामा परिणत भएको थियो। जसपा जिल्ला अध्यक्षद्व्य धरेन्द्र यादब, मुकुरजी गिरिको नेतृत्वमा जिल्लाको पाल्हिनन्दन गाउँपालिका वडा १ महेसपुर चोकबाट निकालीएको बिरोध र्यालीमा नाका खोल्न, क्रोनाको भ्याक्सिन उप्लब्ध गराउन लगायतका विभिन्न नाराबाजी गरिएको थियो।

कोणसभामा जसपाका केन्द्रिय सदस्य सतरजीत यादब, उर्मिलादेबि पाण्डे, लक्ष्मी गुप्ता, मुन्नालाल गुप्ता, जिल्ला अध्यक्षद्वय धरेन्द्र यादब, मुकुरजी गिरि, पार्टी सचीव एव प्रबक्ता रामज्ञा पाण्डे लगायतए कोभिड-१९ को बहानामा सिमाबन्दीलाइ न लम्ब्याइ तत्काल खोल्न माग गरेका थिए ।

बक्ताहरुले, सिमा बन्दले सिमावर्ती उपभोक्ता भारतीय बजार गइ किनमेल गर्न नपाउने र आआफ्नो आफन्तलाइ भेट्न बाट पनि बन्चित भैरहेकोले जिल्लाका सिमा खोल्न माग गरेका हुन। केही स्थानीय जनताहरु आआफ्नो आवस्यकता पूरा गर्न लुकिछिपी भारत प्रवेश गरि आवश्यक सरसमान किनमेल गरि फर्किदा सुरक्षाकर्मीहरुबाट दुव्र्यवहार हुने र कठिनाइ हुने गरेको स्थानीय जनताले जनगुनासो गरेपछि जसपाले जिल्लाका नाकाहरु खुलाउन दबाबका लागि बिरोध प्रदर्शन गरेको पार्टी प्रवक्ता रामज्ञा पाण्डेले जानकारी दिए।

नेपालमा सहजै नपाउने औषधि उपचार, बिउबिजन मलखाद, खाद्यान्न र घरायसी सरसामानहरु भारतबाट ल्याउन कठिनाइ भैरहेकोले तत्काल सिमा खोल्न स्थानीय स्तरबाट माग पनि उठिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here