सुनवल नगरबासीको समृद्धिमा कृषिको ठूलो योगदान रहनेछ: नगर प्रमुख भरत थापा

0
390

परासी , १९ पुष। नवलपरासी सुनवलमा यु एस ए आई डि नेपालको सहयोग तथा हिमालयन सामुदायिक विकास मन्च हिकोडेफको साझेदारीमा सुनवल नगरपालिकामा संचालित आर्थिक पुर्नलाभ परियोजना अन्तर्गत नगरपालिका स्तरीय आर्थिक पुर्नलाभ योजना प्रमाणिकरण कार्यशाला बैठक नेचर रि भ्यु रिसोर्ट भुमहीमा सम्पन्न भएको हो । हिमालयन सामुदायिक विकास मन्च हिकोडेफका कार्यकारी निर्देशक कृष्ण प्रसाद घिमिरेको अध्यक्षता तथा सुनवल नगरपालिकाका प्रमुख भिमबहादुर थापाको प्रमुख आतिथ्यता एवं उपप्रमुख दधिराम अर्यालको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा नगरपालिका स्तरीय तथा सामाजिक आर्थिक असर लेखाजोखा तथा पुर्नरुत्थान योजना प्रतिवेदन छलफल बैठक पनि सम्पन्न गरिएको हो ।

No description available.

ईकोनमिक रिकोभरी प्लान्टका स्रोत व्यक्ति धुव्र भण्डारीले कोभिडले गर्दा सुनवल नगरपालिकामा केकस्ता आर्थिक, सामाजिक, असर पारेको छ र त्यसलाई कसरी पुर्नरुत्थान गर्न सकिन्छ भन्ने नै यस कार्यक्रमको मुख्य उदेश्य रहेको बताउनुथियो । कार्यक्रममा आर्थिक पुर्नरुत्थान तर्जुमाका विधि, ढाचाँ, आयोजनाका मुख्य क्षेत्र, प्राथमिक समुहहरु, आर्थिक र व्यापारीक पुनरुत्थानका बारेमा सहजिकरण गरिएको थियो ।
No description available.

तिन चरणमा सम्पन्न कार्यक्रमको मुख्य उदेश्य कोभिड १९ को अवस्थामा अस्थव्यस्थ बनेको शिक्षा, व्यापार, रोजगार, कृषि क्षेत्रलाई कसरी पुर्ववत अवस्थामा फर्काउन सकिन्छ भन्ने बारेमा नै केन्द्रित रहेर कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बोल्ने बक्तहरुले सुनवल नगरपालिकालाई अझै विकासको फडे मार्न यो कार्यक्रमले अझ धेरै योगदान दिने बताउदै नगरपालिकाले गरेका कामलाई मुल्यांकन गर्न र अनुगमन गर्ने काम यो संस्थाले गर्न लागेकोमा सुनवल बासि अत्यन्त उत्साहीत रहेको बताएको थियो ।

No description available.

प्रमुख अतिथि नगरप्रमुख थापाले समृद्ध सुनवल हाम्रो अभियान सफल पार्नका लागि पाचँ वटा पिल्लर पहिले नै तयार गरी त्यसै अन्तर्गत काम भईरहेको बताउदै हालैको नया तथ्यांक अनुसार सुनवल नगरपालिकामा ७१ ह्जार जनसंख्या र १५हजार ८३ घरधुरी रहेको र १३ वटै वडा कार्यालायमा अनलाईन प्रविधिबाट काम भईरेहेको बताउनुभयो । भौतिक पुर्वाधार भन्दा पनि कसरी सामािजक सुसासन र जनताको अधिकार प्राप्त हुन्छ भन्ने तर्फ आफुहरु केन्द्रित रहेको उहाको भनाई छ ।

No description available.

उहाले कोभिडको अवस्थामा पनि शिक्षालाई विभिन्न माध्यमबाट निरन्तरता दिईएको र स्वास्थ्यलाई बढि प्राथमिकतामा राखि काम गरेको बताउनुभयो । सो अवसरमा अतिविपन्न ३९ सय घरधुरीलाई राहत वितरण गरी नगरपालिकाले धेरै योजना अगाडि बढाईसकिएको र त्यसलाई फिनिसिंग गर्नेमा आफुहरु केन्द्रित रहेको उल्लेख गर्नुभयो ।

No description available.

हिमालयन सामुदायिक विकास मन्च हिकोडेफका कार्यकारी निर्देशक कृष्ण प्रसाद घिमिरेले विभिन्न खालका प्रतिवेदनहरु तयार गर्न नगरपालिकाले धेरै नै सहयोग गरेको र आज उक्त छलफलबाट प्राप्त सल्लाह र सुझावहरुलाई पुनःसमावेस गरी सच्याउने र नगरपालिका संग बसि प्रमाणित गरे पछि नगरपालिकाले स्वामित्व लिए पश्चात सो कार्यक्रम संचालनमा आउने बताउनुभयो । सो अवसरमा तयार नेपालका रिकभरी म्यानेजर सत्य विश्वास, उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्य, साविक रामनगर गाविसका अध्यक्ष कृष्ण प्रसाद बगाले, सुनवल नगरपालिकाका उपप्रमुख दधिराम अर्याल, लगायतले शुभकामना मन्तव्य रहेको थियो । कार्यक्रममा सुनवल नगरपालिकाका जनप्रतिनिधि, पुर्व गाविस अध्यक्ष,राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । तयार नेपालका फिल्ड अफिसर छविलाल सुनारको स्वागत र तयार नेपालका रनबहादुर कुम्हालको संचालनमा सम्पन्न भएको कार्यक्रममा कोभिड १९ले सामाजिक तथा आर्थिक क्षेत्रमा पारेको प्रभावको लेखा जोखा,आर्थिक पुनरुत्थान योजना, अल्पकालिन योजना र दिर्धकालिन योजनाका बारेमा प्रस्ट पारिएको थियो । साभार दर्पण पोस्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here