परासी, १७ पुष । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा संचालित बाटो र हाटबजारको काम आगामी चैत्र मसान्त भित्र सम्पन्न गर्ने ठेकदार कम्पनीहरुले प्रतिबद्धता जनाएका छन् । राम्रग्राम नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको संयोजकत्वमा विहिवार नगरपालिका भित्र बसेको बैठकमा शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन चितवन द्धारा नगरभित्र संचालित पुर्वाधारका कार्यहरु आगामी चैत्रमसान्त भित्र सम्पन्न गर्ने ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएका हुन् ।
बैठकमा नगर प्रमुख नरेन्द्र कुमार गुप्ता, प्रमुख प्रशासकिय अधिकृत राजेश पन्थी, शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन प्रमुख प्रकाश आचार्य, साईट ईन्जिनियर माधव कटवाल, महालक्ष्मी सुनकोशी वल्डवाईज जेभीका अधिकारीक प्रतिनिधि भिमराज पन्त, गौरीपार्वति निर्माण सेवा प्रा.लिका निमित्त अधिकारीक प्रतिनिधि सुनिल लामिछाने, पप्पु शिवशक्ति जे.भी अधिकारीक प्रतिनिधि राममणि बरतौला, रामग्राम नगरपालिकाका ईन्जिनियर शतिस कुमार गुप्ता, लेखापाल संजय शर्मा लगायतको सहभागिता रहेको थियो ।
बुद्धचोक देखि निलोगेटसम्म फोरलेन बाटोको ठेक्का महालक्ष्मी सुनकोशी वल्डवाईड जेभी काठमाण्डौले १५ करोड ९७ लाखमा लिई काम गरिरहेको छ भने झरही खोलादेखि मंझरिया चोक र बाईपास, पोखरापाली पार्कसम्मको बाटोको काम गौरी पार्वती निर्माण सेवा प्रा.लिले १६ करोड, ९४लाख ४१ हजार १२२ रुपैयामा काम गरिरहेको छ । यस्तै परासीको साप्ताहिक हाटबजार पप्पु शिवशक्ति जे.भीले ९ करोड ७० लाखमा काम गरिरहेको छ ।
२ बर्षको म्याद रहेका यि ठेक्काहरु ३ बर्ष वित्न लाग्दा पनि अहिलेसम्म काम पुरा गर्नसकेका छैनन् । पटक–पटक म्याद थप्दै समयमा काम सम्पन्न नगर्ने यि ठेकदार कम्पनीहरुलाई चैत्रमसान्त अन्ति पटकको लागि म्याद थप गरिने र सो समय भित्र काम सम्पन्न नगरेमा ठेक्दार कम्पनीलाई कालोसुचीमा राखी धरौटी जफत गर्ने र दण्डित समेत गर्ने शहरी विकास डिभिजन प्रमुख प्रकाश आचार्यले बताउनु भयो । यसबैठकमा ठेकदार पक्षको प्रतिबद्धता लिएपछि उनीहरुको म्याद थपका लागि प्रक्रिया अगाडी बढाईने उहाँले बताउनु भयो ।
ठेकदारले विभिन्न बहाना देखाई प्रोजेक्ट ल्ब्याउने कार्यले स्थानिय जनताहरु धुलो देखि हिलोको समस्या झेल्न पर्ने र बजार अस्तव्यस्त भएको जनगुनासो बढेपछि नगर प्रमुख गुप्ताले ठेकदारलाई दबाब दिई समयमै काम सम्पन्न गराउन उक्त बैठक बोलाएको बताउनु भयो । अबका दिनमा विभिन्न बहाना देखाएर काम ढिलाई गरि स्थानिय जनता तथा व्यपारीलाई दुख दिन नपाउने, काम गर्ने दौरानमा आई पर्ने समस्या सामाधानका लागि रामग्राम नगरपालिका पहल गर्न तयार रहेको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले विश्वास व्यक्त गर्नु भयो । उहाँँले ठेकदार कम्पनीहरुलाई समयमै निर्माण कार्यसम्पन्न गर्न आग्रह गर्दै नगरपालिकाबाट प्राविधिक तथा व्यवहारिक सहयोग हुने विश्वास व्यक्त गर्नु भयो । साथै भैरहेको निर्माण कार्यको अनुगमनमा पनि तिब्रता ल्याउन नगरपालिकाको सम्बन्ध्ति शाखालाई निर्देशन दिनु भयो । नगर प्रमुख गुप्ताले, यि प्रोजेक्टहरु सम्पन्न भएपछि नगरपालिका भित्रका बजारहरुको सुन्दरीकरण हुने र स्थानिय जनताहरुलाई अवागनम तथा व्यवसायमा सहजता हुने विश्वास व्यक्त गर्नु भयो ।
यता ठेकदार कम्पन्नीहरु कोभिड–१९, बन्दाबन्दी र स्थानिय अवरोधका कारण निर्माण कार्यमा ढिलाई भएको सफाई दिदै आएका छन् । बैठकमा माघको पहिलो सातादेखि बुद्धचोक देखि निलोगेट र बाईपास, झरही खोला देखि पुरानो गरपालिका भवनसम्मको बाटो पिच हुने ठेकदार पक्षबाट प्रतिबद्धता आएको छ र त्यहि अनुसार काम पनि हुने विश्वास दिलाएका छन् । यता हाटबजारका भवनहरु रंगरोगन, नाली सफाई, बाटो पिच, रेलिङ्ग समेत हाली माघमसान्त भित्र हस्तान्त्रण गर्ने ठेकदोर कम्पनीका अधिकारिक प्रतिनिधि बरतौलालो प्रतिबद्धता जनाए ।
त्यस्तै नगरपालिका भित्र ५ नमुना बस्तीको पनि काम अन्तिम चरणमा पुगेको र आउदो चैत्रमसान्तमा पनि पुर्वाधारका काम सम्पन्न गरि हस्तान्त्रण गर्ने बताइएको छ । चैत्रमसान्तमा यिस सबै प्रोजेक्टहरु फिनिशिङ्गका साथ नगरपालिकालाई हस्तान्त्रण हुनेछन् । त्यसपछि यहँँका जनताले धुलो, हिलोको समस्याबाट छुटकारा पाउने नगरपालिकाले विश्वास लिएको छ ।