नेपाल सुन्नी मुस्लिम राष्ट्रिय डेभ्लपमेन्ट एण्ड वेलफेयर सोसाईटी नवलपरासीको बोर्ड बैठक सम्पन्न

0
348

परासी, १५ पुष । नेपाल सुन्नी मुस्लिम राष्ट्रिय डेभ्लपमेन्ट एण्ड वेलफेयर सोसाईटी नवलपरासीको आज बोर्ड बैठकले विभिन्न निर्णय तथा छलफल गरेको छ । सोसाईटीका जिल्ला अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मिँयाको अध्यक्षता तथा सोसाईटी नेपालका संरक्षक मौलाना मुफ्ती मोहम्मद रजाको प्रमुख आतिथ्यतामा उक्त बैठक परासीमा बसिएको हो । बैठमा सोसाईटीको जिल्ला कार्यसमिति र जिल्लाको ७ वटै पालिकामा चुनिएका सोसाईटीका अध्यक्ष एवं उपाध्यक्ष र सल्लाहकारहरुको उपस्थिती रहेको थियो ।

बैठकमा विगत एकबर्षमा गरिएको कामहरुको समिक्षा पनि गरिएको थियो । बैठकमा जिल्ला कार्यसमिति र पालिका स्तरमा चुनिका सोसाईटीका अध्यक्ष, उपाध्यक्ष एवं सदस्यहरुलाई सोसाईटीको उद्देश्य र भिजन बारे जानकारी दिदै उनीहरुको कामकर्तब्य समेत जानकारी गराइएको जिल्ला अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मिँयाले जानकारी दिनु भयो ।
बैठममा मासिक रुपमा नियमित बैठक बस्ने, यसको सदस्यता विस्तार गर्न, खाता संचालन गर्न र तालिम तथा वर्कशपको आयोजना गर्ने जस्ता निर्णयहरु गरिएको सोसाईटीका जिल्ला उपाध्यक्ष मौलाना सिद्दिक मिस्बाहीले जानकारी दिनु भयो ।

बैठमा मुस्लिम समुदायको सांस्कृतिलाई संरक्षण र प्रबद्र्धन गर्न, समुदायमा सामाजिक सदभाव कायम गराउने विषयमा छलफल भएको थियो । देशमा शान्ती र अमनचयनका लागि मुस्लिम समुदायको भुमिका बारेपनि बैठकमा छलफल भएको थियो । बैठकमा मुस्लिम समुदायहरु एकजुट भएर अगाडी बढदै आफनो सांस्कृति झलकाउने र पहिचानलाई स्थापित गराउन अहम भुमिका निर्वाह गर्न सोसाईटीका संरक्षक मौलाना मुफ्ती मोहम्मद रजाले आग्रह समेत गर्नु भयो ।

बैठकमा रामग्राम नगरपालिकाको सोसाईटीका अध्यक्ष मौलाना मोहरम अलि निजामी उपाध्यक्ष मौलाना अलाउद्दिन अंसारी, सुनवल नगरपालिकाका अध्यक्ष मौलाना सफिउल्लाह अंसारी उपाध्यक्ष मौलाना सम्साद नुरी, बर्दघाट नगरपालिकाका अध्यक्ष मौलाना रहिमुद्दिन अंसारी, उपाध्यक्ष मौलाना अख्तर अलीको पनि उपस्थिती रहेको थियो।
त्यस्तै पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष मौलाना ताजुद्दिन अंसारी, उपाध्यक्ष मौलाना हसन अलिमी, सरावल गाउँपालिकाका अध्यक्ष मौलाना अमानुल्लाह अंसारी उपाध्यक्ष मौलाना सेराज अंसारी, प्रतापपुर गाउँपालिकाका अध्यक्ष हाफिज अलिहुसैन अंसारी उपाध्यक्ष हाफिज मोहम्मद याकुब अन्सारी, मौलाना उमर अलि निजामी लगायतको उपस्तिथि रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here