जनकल्याण बचत तथा ऋण सहकारीको २८ औं साधारणसभा सम्पन्न : उत्कृष्ट कार्य गर्ने सम्मानित

0
291

परासी, ३० मंसिर । जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष डिक बहादुर पाण्डे क्षेत्रीको अध्यक्षता तथा संविधानसभा सदस्य विक्रम खनालको प्रमुख आतिथ्यतामा बर्दघाट ९ भानुनगर स्थित संस्थाको सभाहलमा २८ औं साधारणसभा सम्पन्न भएको हो ।

सभामा संस्थाका अध्यक्ष डिक बहादुर पाण्डे क्षेत्रीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । समुन्नत सामाजका लागि व्यवसायिकता तथा आत्मनिर्भरता सहितको उत्कृष्ट उक्त सहकारी संस्था वि.स. २०५० सालमा स्थापना भई हाल ४३ करोड ९३ लाख ९० हजार १३४ रुपैयाको आर्थिक कारोबार गरिरहेको अध्यक्षद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

संस्थामा कुल ४ हजार ३७१ जना सेयर सदस्यहरु छन् । संस्थाको कुल बचत निक्षेप ३६ करोड २३ लाख ७८ हजार ७२३ रुपैया रहेको छ भने संस्थाले कुल ३३ करोड २ लाख ८७ हजार २२८ रुपैया लगानी गरेको प्रतिवेदनमा उल्लेख छ । संस्थाको जगेडा कोषमा २ करोड २७ लाख ६३ हजार ६७८ रुपैया रहेको छ भने अन्य कोषमा १ करोड ७७ लाख ९२ हजार ६२३ रहेको छ । संस्थाले उक्त आर्थिक कारोबारबाट एक बर्षमा ८५ लाख ७५ हजार ३१ रुपैया मुनाफा गरेको प्रतिवेदनमा प्रस्ुतत गरिएको छ ।

संस्था बर्दघाट नगरपालिकाको वडा १ देखि ११ सम्म, सरावल गाउँपालिकाको १,२,३ र सुनवल नगरपालिकाको ११,१२ र १३ वडामा सेवा प्रदान गर्दै आएको छ ।
संस्थाले सभामा संस्थाका संस्थापक अध्यक्ष सम्भुलाल श्रेष्ठलाई उत्कृष्ठ शेयर खरिद कर्ताको रुपमा सम्मान गरेको थियो भने उत्कृष्ट संचालकको रुपमा प्रकाश न्यौपानेलाई सम्मान गरेको थियो ।

त्यस्तै उत्कृष्ट कर्मचारीमा बिना सापकोटा, उत्कृष्ट सुझावकर्ता लक्ष्मण पाण्डे, उत्कृष्ठ जेष्ठ नागरिक सदस्य महिला शुशिला फौजदार, उत्कृष्ट जेष्ठ नागरिक पुरुष बालकृष्ण गौतम, उत्कृष्ट सेयर सदस्यता बृद्धिकर्ता पुरुष धुपई यादव, महिला तारादेवी घिमिरेलाई पनि सम्मान गरिएको थियो ।

त्यसैबिच संस्थाका सेयर सदस्यका छोराछोरी एसईमा उत्कृष्ट नतिजा ल्याउने ६ जना विद्यार्थीहरुलाई पनि सम्मान र पुरस्कार वितरण गरिएको छ जसमा सामुदायिक विद्यालय तर्फबाट उत्कृष्ट विद्यार्थी राधाकृष्ण सापकोटा, कुशल ढकाल, ईरिशा भट्टराई रहेका छन् भने निजी विद्यालय तर्फबाट अनिश चौधरी, प्रेमनारायण चौधरी र निरिक्षा बस्याल रहेको संस्थाका अध्यक्ष डिक बहादुर पाण्डेले बताएका छन् ।

सभामा प्रमुख अतिथि संविधान सभा सदस्य विक्रम खनाल, विशिष्ट अतिथि संस्थाका संस्थाका अध्यक्ष सम्भुलाल श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष हरि शर्मा, ईन्द्रेणी सामाजिक विकास मन्चका अध्यक्ष बद्री सुबेदी, सुनवल उद्योग बाणिज्य संघका अध्यक्ष रमेश कर्माचार्य, संस्थाका पुर्व अध्यक्ष बालकृष्ण लम्साल, संस्थाकि उपाध्यक्ष मनमाया, सुबेदी, संस्थाका सचिव दिपक थापा क्षेत्री, कोषाध्यक्ष योगेन्द्र भट्टराई, व्यवस्थापक यमलाल खरेल लगायले २८ आंै सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here