नेपाली कांग्रेस नवलपरासीले गर्यो नेकपा सरकार विरुद्ध वृहद विरोध प्रदर्शन

0
494


परासी, २९ मंसिर नेकपा सरकार विरुद्ध नवलपरासीमा पनि विरोध प्रदर्शन भएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमितिले पार्टीको केन्द्रिय निर्देशन अनुसार जिल्लामा वृहद विरोध रयाली निकाली सरकार विरुद्ध विरोध प्रदर्शन गरेको हो ।

पार्टीका जिल्ला सभापति विष्णु पौडेकोको संयोजकत्वमा पार्टी कार्यालयबाट निक्लेको वृहद विरोध र्याली मालटोल, जिल्ला अदालत, बुद्धचोक, जिल्ला प्रशासन कार्यालय हुदै बुद्धचोक स्थित कोणसभामा परिणत भएको थियो ।

विरोध प्रदर्शनमा जिल्लादेखि केन्द्रका नेताहरुको सहभागिता रहेको थियो भने पार्टीका विभिन्न भातृत्व संघ संगठन र पार्टीका अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । सरकार विरुद्ध विभिन्न नाराबाजी गर्दै निक्लेको विरोध ¥यालीमा करिब २ हजार कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

विरोध प्रदर्शनमा नेकपा सरकार भ्रष्ट्राचारी सकार, कूशासन, अधिनायकवादी, महिला हिंसा, बलात्कार, कर वृद्धि र भ्रष्टाचारमा लिप्त भएको असफल सरकारको नारा सहित तनहुँको घटना प्रति घोर निन्दा समेत व्यक्त गर्दै नाराबाजी भएको थियो ।

पार्टीका सभापति विष्णु पौडेलको अध्यक्षतामा भएको कोणसभामा नेपाली कांग्रेसका केन्द्रिंय सदस्य एवं प्रतिनिधि सभा सदस्य देवेन्द्रराज कण्डेल, संविधान सभा सदस्यद्धय नेता देवकरण जयसवाल, विक्रम खनाल, प्रदेश सभा सदस्य नेता बैजनाथ जयसवाल, पार्टीका जिल्ला उप सभापति अर्जुन कुमार पोख्रेल, नेका जिल्ला सचिव विक्रम यादव, नेका सहसचिव तथा जिल्ला समन्वय समिति प्रमुख शिवशंकर राय, पार्टीका क्षेत्रिय सभापति एवं रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ता, पार्टीका महासमिति सदस्य सुनवल नगरपालिका नगर प्रमुख भिम बहादुर थापाक्षेत्री, पार्टीका नेता सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरी, महिला संघका जिल्ला सभापति कमला तिवारी लगायतले नेकपा सरकार भ्रष्टचार र अनियमिततामा लिप्त भएको आरोप लगाए । कम्युनिष्ट सरकारले देशका जनतालाई दुख दिने र कार्यकर्ता पाल्ने काम गरिरहेको आरोप लगाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here