डिएसपी पञ्चराम चौधरीद्वारा जन्मदिनमा दृष्टिविहिन विद्यार्थीलाई स्वास्थ्य सामाग्री र फलफूल वितरण

0
314

परासी, १८ मंसिर : आफ्नाे ५४ औं जन्मदिनकाे अवसरमा शसस्त्र प्रहरी नायब उपरीक्षक पञ्चराम चाैधरीले परासी स्थित आदर्श मावीकाे स्राेत कक्षामा अध्ययनरत दृष्टि विहिन विद्यार्थीहरूलाई स्वास्थ्य सामाग्री र फलफूल वितरण गर्नु भएकाे छ ।

जन्मदीनमा तडक भडकसहित खर्च गर्नु भन्दा अन्य विभिन्न प्रेणादायी कार्यबाट पनि जन्मदिन मनाउन सकिने साेंचले उक्त सामाग्री वितरण गरिएकाे डिएसपी चाैधरीले बताउनु भयाे ।
सरावल गाउपालिका पिपरहवा निवासी चाैधरी विन्दवासिनी बाहिनी लुम्बिनी प्रदेश चन्द्राैटा कपिलवस्तुमा कार्यरत हुनुहुन्छ । उन्हाले, आफ्नो जन्मदिन जस्तो अवसरमा फुजुल रुपमा खर्चिने रकम यस्तै किसिमको सामाजिक कार्यमा खर्च गर्न सबैमा आग्रह पनि गर्नु भयो।

डिएसपी चौधरीले बितरण गर्नु भएको २० जना दृष्टि विहिन विद्यार्थीहरूलाई उक्त सामाग्रीमा नुहाउने साबु, टुथपेष्ट, ब्रस र फलफूल रहेका छन् । सोही अवसरमा विद्यालयका प्रधानाध्यापक अरविन्द पाठकले डिएसपी चौधरीलाइ जन्मदिनको अवसरमा शुभकामना व्यक्त गर्दै बिद्यालयका दृष्टिबिहिन विद्यार्थीहरुलाइ प्रोत्साहन स्वरुप उक्त सामग्री बितरण गरेकोमा हार्दिक धन्यवाद पनि ज्ञापन गर्नु भयो। सो अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष हरि शर्मा, नवलपरासी मिडिया एशोसिएशनका अध्यक्ष बेचु गौड र बिद्यालयका शिक्षकहरुको उपस्तिथि रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here