काठमाण्डौ महानगर प्रमुख शाक्यद्धारा रामग्राम स्तुप र पण्डितपुरको भ्रमण अवलोकन : महानगरका जनप्रतिनिधि र जिल्लाका नेताबिच भेटघाट

0
292

परासी, १४ मंसिर । काठमाण्डौ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले नवलपरासीको धार्मिक तथा पर्यटकिय क्षेत्रको भ्रमण अवलोकन गरेका छन् । रामग्राम नगरपालिकाको निम्तो स्वीकार गरि भगिनी सम्बन्ध स्थापना गर्न आएका प्रमुख शाक्यले शान्तीका अग्रदुत गौतम बुद्धको अष्टिधातु रहेको रामग्राम स्तुप, गौतम बुद्धको मावली पण्डितपुर र त्रिवेणी धाम लगायतका क्षेत्रहरुको भ्रमण अवलोकन गरेका हुन् ।

रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले काठमाण्डौ महानगर पालिका प्रमुख शाक्य, उप प्रमुख हरिप्रभा खडकी, प्रमुख प्रशासकिय अधिकृत राजेश्वर ज्ञवाली, विभिन्न वडाअध्यक्ष एवं कार्यपालिका सदस्य सहितको टोलीलाई रामग्राम नगरपालिकामा भव्य स्वागत गर्दै ति एतिहासिक, पुरातात्विक, धार्मिक क्षेत्रहरुको भ्रमण अवलोकन गराएका हुन् । ति धार्मिक तथा पर्यटकिय क्षेत्रहरुको भ्रमण अवलोकन गरेपछि महानगरपालिकाका प्रमुख, उप प्रमुख सहितको टोली निकै खुशी र उत्साहित भएको थियो । रामग्राम नगरपालिका भित्रका सम्पदा, पर्यावरण क्षेत्र र नगरको विकासमा सहकार्य गरेर अगाडी बढन दुबै तहबिच भगिनी सम्बन्ध समेत स्थापना भयो ।

त्यसैबिच रामग्राम नगरपालिकाले काठमाण्डौ महानगरपालिका पदाधिकारी तथा जिल्लाका राजनितिक दलहरु बिच परिच्यात्मक कार्यक्रम पनि गरेको छ । रामग्राम नगरपालिकाको आयोजना तथा नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको अध्यक्षता र काठमाण्डौ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यतामा उक्त परिच्यात्मक कार्यक्रम सम्पन्न भएको हो ।
परिच्यात्मक कार्यक्रममा नेकपा जिल्ला अध्यक्ष भविश्वर तिवारी, नेपाली कांग्रेस जिल्ला अध्यक्ष विष्णु पौडेल, जसपा बरिष्ठ नेता बिजय अग्रहरी, राप्रपा प्रवक्त सन्तोष पाण्डे, स्वतन्त्र राजनितिक समुह जिल्ला संयोक राधेरमण पाण्डे, नागरिक समाज अध्यक्ष कैलाश ठाकुर, उद्योग बाण्ज्यि संघ उद्योग उपाध्यक्ष नगेन्द्र अग्रहरी, बाणिज्य उपाध्यक्ष सन्तोष गुप्त, समाजसेवी श्याम बस्याल लगायतको उपस्थिती रहेको थियो ।

परिच्यात्मक कार्यक्रममा नगर प्रमुख नरेन्द्र कुमार गुप्ता, प्रमुख अतिथि काठमाण्डौ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, उप प्रमुख हरिप्रभा खडकी, रामग्राम नगरपालिका उप प्रमुख रम्भा कुँवर, महानगर प्रमुख प्रशासकिय अधिकृत राजश्ेवर ज्ञवाली, रामग्राम नगरपालिका प्रमुख प्रशासकिय अधिकृत राजेश पन्थी लगायतले भगिनी सम्बन्ध स्थापनाले दुबै पालिकाबिचको सम्बन्ध बलियो बनेको बताए । यता राजनितिक दलका प्रमुख प्रतिनिधिहरुले पनि रामग्राम नगरपालिका विकासमा फडको मारिरहेको र यसलाई काठमाण्डौ महानगरले थप हौसला र सहयोग प्रदान गर्न आवश्यक रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here