काठमाण्डौ महानगरपालिका र रामग्राम नगरपालिकाबिच भगिनी सम्बन्ध स्थापना : महानगरले रामग्राममा कोलिय शान्ती उद्यान निर्माण गर्ने

0
528

परासी, १४ मंसिर । नवलपरासीको रामग्राम नगरपालिका र काठमाण्डौ महानगरपालिका बिच भगिनी सम्बन्ध स्थापना भएको छ । शनिवार उक्त दुबै स्थानिय तहबिच एक भव्य समारोह बिच २१ बुँदे सम्झौता हुदै भगिनी सम्बन्ध स्थापना भएको हो । दुबै स्थानिय तहले गरेको सहमति अनुसार २१ बुँदे सम्झौता पत्रमा रामग्राम नगरपालिकाका मेयर नरेन्द्र कुमार गुप्ता र काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले हस्ताक्षर गरि उक्त सम्झौता पत्र एक अर्कालाई हस्तान्त्रण गरि भगिनी सम्बन्ध स्थापना गरेका हुन् ।

रामग्राम नगरपालिकाको निम्तोलाई स्वीकार गरि रामग्राम आएका काठमाण्डौका महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, उप प्रमुख हरिप्रभा खडकी सहित वडा अध्यक्ष, कार्यपालिका सदस्य एवं कर्मचारीलाई रामग्राम नगरपािलकाले गृहनगरमा भव्य स्वागत पनि गरेको थियो ।

रामग्राम नगरपालिकाको आयोजना तथा नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको अध्यक्षतामा भएको भगिनी सम्बन्ध स्थापना सम्बन्धी हप्ताक्षर समारोहमा नगरभित्रका धार्मिक स्थल तथा सम्पदा धरोहर एवं पर्यावरणलाई संरक्षण, प्रबद्र्धनमा सहकार्य गर्ने सम्झौता भएको छ । उक्त २१ बुँदे सम्झौतामा दुबै पालिकाले आ–आफनो अनुभव आदान प्रदान गर्ने, नगरको विकासमा सहकार्य गरेर अगाडी बढने उल्लेख गरिएको छ । दुबै पालिकाले यस सम्बन्धलाई अझै प्रगाढ बनाउन आवश्यक सल्लाह सुझाव र सहकार्य गरेर अगाडी बढने विश्वास लिइएको छ ।

यसै अन्तर्गत काठमाण्डौ महानगरपालिकाले शान्तीका अग्रदुत गौतम बुद्धको मावली रामग्राम नगरपालिका १८ पण्डितपुरमा कोलिय शान्ती उद्यान पनि बनाउने सहमति भएको छ । समारोहमा महानगरपालिकाले उक्त कोलिय शान्ती उद्यान निर्माणका लागि रामग्राम नगरपालिकाकालाई १ करोड ५० लाख रुपैया सहयोग गर्न उद्दघोष गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।

समारोहमा रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले यस दुबै तहबिचको एतिहासिक भगिनी सम्बन्धलाई अझै मजबुद बनाउन आगामीका दिनमा दुबै तहबिच विभिन्न आवश्यक क्षेत्रमा सहकार्य गरेर अगाडी बढने बताउनु भयो । नगरको पर्यावरण, एतिहासिक तथा पुरातात्विक धार्मिक स्थल, नगरको विकास, सम्पदाहरुको संरक्षण र प्रवद्र्धनमा सहकार्य गर्दै जाने र आवश्यक सहयोग समेत प्रताप्त हुने विश्वास व्यक्त गर्नु भयो ।

समारोहमा प्रमुख अतिथि समेत रहेका काठमाण्डौ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले रामग्राम नगरपालिकासंग यो भगिनी सम्बन्ध स्थापना गरिएको एतिहासिक क्षणमा रामग्राम नगरपालिकाको विकास र यहाँको सम्पदा र पर्यावरणको संरक्षण, प्रबद्र्धनको लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले रामग्राम नगरपालिकालाई पर्यटनको रुपमा विकास गर्न प्राविधिक तथा आर्थिक सहयोग समेत गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । आफुँ निर्वाचित भएको ३ बर्षको अन्तरालमा पहिलो पटक दुई स्थानिय तहबिच भनिगी सम्बन्ध स्थापना गरेकोमा रामग्राम नगरपालिका पहिलो रहेको भन्दै यहाँका पर्यटकिय तथा नगर क्षेत्रलाई भ्रमण अवलोकन गर्ने अवसर प्रदान गर्ने रामग्राम नगरपालिकालाई धन्यबाद समेत ज्ञापन गर्नु भयो ।

समारोहका विशिष्ट अतिथि काठमाण्डौ महानगरपालिका उप प्रमुख हरिप्रभा खडकी, रामग्राम नगरपालिका उप प्रमुख रम्भा कुँवर, काठमाण्डौ महानगरपालिका प्रमुख प्रशासकिय अधिकृत राजेश्वर ज्ञवाली, रामग्राम नगरपालिका प्रमुख प्रशासकिय अधिकृत राजेश पन्थी लगायतले यस भगिनी सम्बन्ध स्थापनाले दुबै तहबिच बिच सहकार्य हुने र आवश्यक सहयोग आदान प्रदान हुने विश्वास व्यक्त गर्नु भयो । समारोहमा काठमाण्डौ महानगर पालिका वडा अध्यक्ष, कार्यपालिका सदस्य, रामग्राम नगरपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य र दुबै पालिकाका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here