परासी, १० मंसिर । संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री ह्देश त्रिपाठीले, यहाँका राजनितिक दलहरुले भौगोलिक पुर्न संरचनामा ब्यापक ध्यान दिए तर राज्य पुर्न संरचनामा ध्यान नदिएकाले देश समृद्धिको बाटामो गति लिन नसकेको दुख व्यक्त गरेका छन् ।मन्त्री त्रिपाठीले, देशमा व्यक्तित्व बहसले राजनितिक तथा बैचारिक बहस सुन्यमा झरेकोे पनि बताएका छन् ।
देश निर्माणमा राजनितिक तथा बैचारिक बहस महत्वपुर्ण योगदान गर्छ तर राजनितिक दलमा गुटगत तथा व्यक्तितव बहसले राजनितिक एवं बैचारिक बहस सुन्यमा झरेको मन्त्री त्रिपाठीले बताएका हुन् । बुधबार नवलपरासीमा राजनितिक स्वतन्त्र समुहले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री त्रिपाठीले अब स्वतन्त्र राजनितिक समुह संगठित हुदै राजनितिक दलको रुपमा अगाडी बढने जिकिर गरेका छन् ।
स्वतन्त्र राजनिति समुहका जिल्ला संयोजक राधेरमण पाण्डेका अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले, अब समुहलाई दलको रुपमा दर्ता गराई संघिय लोकतान्त्रिक गणतन्त्रलाई मुल लक्ष्य लिई देशमा राजनितिक तथा बैचारिक बहस शुरु गर्ने बताए । मन्त्री त्रिपाठीले भने, यस पार्टीले किसानहरुलाई केन्द्र विन्दु बनाई अगाडी बढने र समाजमा देखिन सबै खालको भेदभावलाई अन्तय गर्न र आर्थिक अनुशासनलाई महत्व दिदै राष्ट्रिय स्तरमा यस समुहले काम विश्वास व्यक्त गरे ।
स्वतन्त्र राजनितिक समुहको राष्ट्रिय संयोजक समेत रहेको मन्त्री त्रिपाठीले समुहको अधिकांश गृहकार्यहरु र दस्तावेज निर्माण भैरहेको बताए । निजामति सेवा र यसको वितरण प्रक्रिया त्रुटीपुर्ण रहेकाले छिटै यसको ऐन परिमार्जन गरेर सुधार गर्ने बताए । नेकपा विभाजन भने देशको सबै प्रणाली र संविधानको मर्म नै ध्वस्त हुने भन्दै त्रिपाठीले नेकपा विभाजन नहुने पनि विश्वास व्यक्त गरे ।