सुनवल नगर प्रमुख भरत थापा क्रोना पोजेटिभ : स्वास्थ्य लाभको कामना गर्दै शुभचिन्तक

0
748

परासी, १० मंसिर । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर थापा क्षेत्रीलाई क्रोना भाईरसको संक्रमण पुष्टि भएको छ । नगरबासीको सेवामा अहोरात्र खटिदै आएका नगर प्रमुख थापालाई ज्वरो र खोकी लागेपछि उहाँले क्रोना परिक्षणका लागि पिसिर चाँज गराउदा क्रोना पोजटिभ देखिएको हो ।

नगर प्रमुख भरत थापा अहिले होम आईशोलेशनमा बसी चिकित्सकको परामर्शमा औषधी र हाईजेनिक तथा षोषिलो खानेकुराहरु लिईरहनु भएको छ । उहाँको स्वास्थ्य लाभका लागि सुनवल नगरबासी तथा देशविदेशमा रहने सुभचिन्तकहरुले फोन तथा सामाजिक संजाल मार्फत स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

सुनवल नगरपालिकामा कोभिड–१९को संक्रमण रोकथामका जिल्लामै व्यस्थित र सुरक्षित बनाउन नगर प्रमुख भरत थापा अहोरात्र खटिदै आउनु भएको थियो । नगरपालिका भित्र व्यस्थित क्वारेन्टाईन र दक्ष चिकित्सकको निगरानीमा व्यस्थित आईशोलेसन समेत संचालन गरि कोभिड रोकथाम र संक्रमितलाई सेवा प्रदान गर्दै आउनु भएको थियो तर नगरबासीलाई बचाउने, सेचत गराउने नगरबासीलाई सेवा प्रदान गर्न दैलोमा पुग्दै गर्दा उहाँ आफै पनि क्रोना पोजेटिभ हुनु भएको हो ।

नगर प्रमुख नगरपालिकाको समग्र विकास र समृद्धीका लागि खटिएर काम गर्दा गर्दै क्रोना संक्रमणबाट ग्रसित हुनु भएको हो । नगर प्रमुख भरत थापा सामाजिक कार्यमा पनि उत्तिकै चाँसो र सहयोगात्म भावनले खटिदै आएका सामाजिक व्यक्ति पनि हुनुहुन्छ । सुनवल नगरपालिकाको नगर प्रमुख पदमा निर्वाचित भएपछि नगर प्रमुख थापाले पाउने तलब सुविधा बापतको रकम पुरै सामाजिक क्षेत्रमा खर्चिदै आउनु भएको छ । नगर प्रमुख थापाको नगरबासी तथा सुभचिन्त र ईष्टमित्रहरुले स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here