स्वतन्त्र राजनीतिक समूह दर्ता गराइ देशमा बैचारिक बहस शुरु गर्ने : मन्त्री त्रिपाठी

0
645

गौरीशंकर जयसवाल-

परासी१० मंसिर । सघिय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदेश त्रिपाठीले नेकपा पार्टी बिभाजन भए सबिधान नै ध्वस्त हुने बताएका छन । गृह जिल्लमा आउनु भएका त्रिपाठीले स्वतन्त्र राजनितीक समूह नवलपरासीले परासीमा आयोजना गरेको पत्रकार सम्मलेनमा यस्तो बताएका हुन । त्रिपाठीले नेकपा कथासचीत बिभाजन भए भने राजनितीक प्रणली र सबिधान नै खतरामा पर्ने बताए । नेकपाभित्रको अहिलेको बिबाद बैचारिक बहस नभएको बताए ।

उनले देशलाई बैचारिक बहस देशलाई राजनितीक बहस तर्फ लाग्ने जरुरी रहेको बताए । उनले एक फरक प्रसंगमा भने स्वतन्त्र राजनितीक समूह आगमी दिनमा दलको रुपमा अगाडी बढने र उक्त देशको तेसा्रे पाटीको रुपमा आउने ठोकुवा गरे । त्यसको तयारीको लागि बिधान दस्ताबेज लगायतको लेख्न कार्य भैरहेको त्रिपाठीले बताए ।

सबिधान निमार्ण गर्दा भोगौलिक पुनसरचना सफल भएको राज्य पुनसंरचना तर्फ ध्यान नदिदाँ प्रशासनीक कार्य गर्न समस्या भएको स्वीकार गरेका छन ।

उनले भने अहिले प्रशासनिक बनावट नै त्रृटी पुर्ण रहेको भन्दै कर्मचारीहरुको आवश्यकता भन्दा ७० प्रतिशत बढी रहेको तरप्रबिधीक कर्मचारीहरुको संख्या न्यून रहेकोे बताए ।

दक्षकर्मचारी र प्राबिधीक जनशािक्तको अभावले बिकास खर्च गर्न नसकादाँ राज्य पुरसंरचनाको जनताले पूर्ण रुपमा अनुभूती गर्न नसकेको मन्त्री त्रिपाठीले बताउदै अहिलेको कर्मचारीको बनावटले कुनै सरकार सफल नहुने दाबी गदै पार्टी समर्थक कर्मचारी तन्त्रले बिकास निमार्णमा गतिलिन नसकेको बताए । मन्त्री त्रिपाठीले २६ हजार ७ सय ७३ जना कर्मचारी समायोजन र ४९ हजार मात्र कर्मचारीहरु सघमा समयोजन भएको बताउदै २५ हजार कर्मचारीले सघ संचालन गर्न सकिने बाँकीलाई प्रदेश रस्थनिय तहमा संयोजन गर्न सकिए भने बिकासले गतिलिन सक्ने बताए । पत्रकार सम्मेलन भने स्वतन्त्र राजनितीक समूह नवलपरासीका अध्यक्ष राधेरामण पाण्डेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here