बढेन महेसपुर भन्सारमा व्यपारीहरुको चाप

0
594

परासी, ९ मंसिर । छोटी भन्सारबाट स्तरउन्नती भई मुल भन्सारमा परिणत भएको महेसपुर भन्सारमा व्यपारीहरुको चाप बढन सकेन् । विगत लामो समयदखि छोटी भन्सारको रुपमा काम गर्दै आएको महेसपुर भन्सार स्तरउन्नती भई मुल भन्सार त बन्यो तर भन्सारमा व्यपारीहरुको चाप र कारोबार फिटिक्कै बढेन ।

वि.स. २०७५ साले श्रावण १ गते नेपाल सरकारले उक्त छोटी भन्सारलाई मुल भन्सारको रुपमा घोष्णा ग¥यो तर भन्सारलाई आवश्यक भौतिक पुर्वाधार र जनशक्तिको व्यवस्था नमिलाएपछि भन्सारले गति लिन सकेन । त्यसैमा भन्सारमा व्यपारीहरुको चाप पनि बढन सकेन जस कारण लक्ष्य अनुसारको राजस्व उठन भन्सारलाई मुस्किल भैरहेको बताउछ ।

महेसपुर भन्सारलाई मुल भन्सारको रुपमा कार्यान्वयनमा ल्याउन कर्मचारी दरबन्दि, आवश्यक जग्गा अधिग्रहण, भौतिक संरचनाहरुको निर्माण, गोदामको निर्माण, पशु तथा प्लान्ट क्वारेन्टाईन चेकपोष्ठको निर्माण र बाटो घाटोको उचित व्यवस्था जस्ता मुख्य कार्यहरु गर्नु पर्ने देखिन्छ तर यता तर्फ अर्थ मन्त्रालयले ध्यान नदिँदा व्यपारीहरु सुविधा खोज्दै जिल्लाकै मुल नाका छोडी भैरहवाँ भन्सार धाउने कार्यले महेसपुर भन्सार सुक्न थालेको छ ।

यता महेशपुर नाका मुल नाका भएपनि सिमा पारीको नाका ठुठीबारी कस्टम सानो नाका रहेको र ठुठीबारी बजारको बाटो पनि साँगुरो भएकाले मालसमानको निकासी÷पैठारी ढिलो हुने र भन्सारमा एक्जिम कोर्ड आवश्य पुर्वाधारको विकास नभएका कारणले पनि व्यवपारीहरु यस भन्सारमा आउन झन्झट मान्ने गरेको उद्योगी नगेन्द्र अग्रहरीले बताउनु भयो ।

एका त कारोबार गर्नको लागि भन्सारले एक्जिम कोर्डको व्यवस्था नमिलाउने अर्काे तर्फ मालसमानको क्वारेन्टाइन, विषादी परिक्षण, गुणस्तर परिक्षण जस्ता कार्यका भैरहवाँ नै दौडधुप गर्नुपर्ने कार्यले व्यपारीहरु यो नाका छोडने गरेको पाईन्छ । केहि व्यपारीहरुले कारोबार गरेपनि महेसपुर भन्सारको न्युनतम सुविधा र भारतीय बाटो र कस्टमको समस्याले मालसमान झिकाउन २ देखि ३ दिनसम्म लाग्ने गर्दा मालसमानको भाडा पनि बढने र स्थानियहरुको अनावश्यक तनाव पनि बोक्नु पर्ने समस्या परासीका व्यपारी राधेश्याम अग्रहरीले बताउनु भयो ।

यता तर्फ नत्र जिल्लाका नेताहरुको ध्यान पुगेको छ नत्र उद्योग बाणिज्य संघ जस्ता व्यपारी संस्थाहरुकै ध्यान पुगेको छ । भन्सारमा यतिबेला खाद्यान्न, भुष, चिनी र केहि कास्मेटिक आईटमहरुको फाटफुट भन्सार हुदै आएको छ । कुनैदिन भन्सारमा मालैसमान नभएर यतिकै बसेर दिन बिताउनु पर्ने बाध्यता रहेको भन्सारका कर्मचारी बताउछन् । भन्सारको अण्डरमा ४ वटा छोटी भन्सार पनि रहेको छ । जसमध्ये त्रिवेणी र झुल्नीपुर भन्सार बाहेक अरु दुइटा छोटी भन्सार बन्दनै भैसकेको छ । महेसपुर भन्सार छोटी हुँदा पनि बार्षिक १० करोड राजस्व उठाउथ्यो तर मुल भएपनि १५ करोड राजस्व उठाउन पनि धौंधौ हुने गरेको छ ।

करिब २ कठामा रहेको उक्त भन्सारलाई ठुलो एरिया अधिग्रहण गर्न गोदाम निर्माण, कर्मचारी भवन, भन्सार जाँचकी कक्ष, काउटर, क्वारेन्टाईनहरु जस्ता महत्वपुर्ण कार्य जरुरी रहेको भन्सारले जनाएको छ । भन्सारले चालु आर्थिक बर्षको कार्तिक मसान्तसम्ममा कुल १२ करोड १७ लाख ८६ हजार रुपैया राजस्व संकलन गरेको छ बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here