बर्दघाटबाट ३ लाख ८७ हजार सहित १२ जना जुवाडे पक्राउ

0
682

परासी, १ मंसिर । प्रहरीले पश्चिम नवलपरासीबाट १२ जना जुवाडेलाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा प्रहरीले जुवा खालबाट होटल संचालक सहित १२ जना जुवाडेलाई पक्राउ गरि अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।

जिल्लाको बर्दघाटन नगरपालिका २ चिसापानी स्थित ध्रुब भण्डारीले संचालन गरेको रोएल कटेज नामक होटेलमा जुवा खेलीरहेको १२ जना र होटल संचालक भण्डारी गरि १३ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार उक्त जुवा खालबाट, ३ तिन लाख ८७ हजार ९६५ रुपैया नगद र ४ बुक तास बरामद गरिएको जनाएको छ । चाँडबाडका बेला जिल्लाको विभिन्न ठाउँहरुमा जुवा तास र कौडा खेल भैरहेको जनगुनासोहरु बढिरहेको हुँदा प्रहरीले निगरानी बढाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here