कुतुबुल मदारशाह दरगाह कमेटीको विशेष अधिवेशन मंसिर ८ गते हुदै

परासी, ३० कार्तिक । कुतुबुल मदारशाह दरगाह कमेटीको विशेष साधारणसभा तथा अधिवेशन मंसिर ८ गते हुने भएको छ । कमेटीमा गुटगत विवाद भएपछि संस्थाले विशेषसाधारण सभा तथा अधिवेशन डाकेको संस्थाका संयोजक अजमुद्धिन मिँयाले जानकारी दिएका छन् । संयोजक अजमुद्धिन मिँयाका अनुसार संस्था भित्र गुटगत विवादको सामाधान खोज्न र एक सक्षम नेतृत्वको चयनका लागि उक्त विशेष साधारणसभा तोकिएको बताए ।

उक्त साधारणसभा तथा अधिवेशन सुस्ता गाउँपालिका २ महलबारीमा प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकको प्रमुख आतिथ्यता र रोहबरमा गरिने छ । उक्त सभा तथा अधिवेशन आगामी मंसिर ८ गते विहान १० बजे सुस्ता गाउँपालिका २ महलबारीमा गरिने संयोजक अजमुद्धिन मिँयाले जानकारी दिए । मुस्लिम समुदायको धर्मगुरु मदारबाबा धार्मिक स्थलको संरक्षण प्रवद्धर्नका लागि दर्ता गराइएको यस संस्थामा विगत लामो समयदेखि विवाद चल्दै आएको छ । यस सभाले संस्था भित्रको उक्त विवाद मिल्न र संस्थालाई पुनः नयाँ नेतृत्व प्रदान हुने विश्वास गरिएको छ ।

Related articles

सरकार बलत्कारका घटना प्रति गम्भीर हाेउ !

नवलपुर, २० भदाै । देशमा बलत्कारका घटना बढ्दो क्रममा रहेको भन्दै गण्डकी प्रदेशका सांसदहरूले सरकारलाई गम्भीर हुन आग्रह गरेका छन्। सोमबार दिउँसो बसेको प्रदेशसभा बैठकमा बोल्दै सांसदहरूले बलत्कारको घटना बढेको र घटनाको वास्तविकता बाहिर नआएको भन्दै चिन्ता समेत गरे। बैठकको विशेष समयमा बोल्ने सबै सांसदहरूले कञ्चनपुर, पोखरा, कपिलबस्तुमा भएको बलत्कारको घटनाप्रति सरकारको ध्यानाकर्षण गराए। ‘आफ्नै घरमा […]

संविधानसभा सदस्यद्वय बिक्रम खनाल र सन्तु जयसवालद्वारा सरावलकाे बाढी प्रभावित क्षेत्रमा अनुगमन

परासी ,१ साउन । बाढी प्रभावितको अवस्था र क्षतिको अवलोकन गर्न नवलपरासीको संविधान सभा सदस्यहरू बाढी प्रभावित क्षेत्रमा पुगेका छन। बर्षाकाे कारण जलमग्न भएको नवलपरासीको सरावल गाउँपालिका वडा नं. ६ खडाैना ,मधवलिया, नाैडिहवा र वडा न ७ भुजहवा सहित आसपासको क्षेत्र संविधान सभा सदस्य बिक्रम खनाल तथा सन्तु कलवार र निर्वाचन क्षेत्र नं. १ नेपाली […]