कृषकलाइ प्राेत्साहन : ५० प्रतिशत अनुदानमा च्याउको बीउ वितरण गर्दै सरावल गाउँपालिका

परासी ,२७ कार्तिक । नवलपरासीकाे सरावल गाउँपालिकाले गाउँपालिका भित्रका कृषकहरुलाई अनुदानमा च्याउको बीउ वितरण गरिरहेको छ । पालिका क्षेत्रका कृषकहरुलाई स्वरोजगार बनाउन सरावल गाउँपालीकाले सक्रियता लिएको छ । पालिकाले कृषकहरुलाई बिभिन्न बिउ बिजन बितरण गर्दै स्वरोजगार बनाउन प्रेरित गरिरहेको हो ।

बिभिन्न मौसमि तथा व्यमौसमि तरकारीबालीका बिउ तथा यो सिजनमा हुने च्याउका बिउ बितरण गरिरहेको छ । गाउँपालिका भित्र रहेका ७ वटै वडाका स्थानिय कृषक, कृषि फम तथा समुहलाई ५० प्रतिशत अनुदानमा च्याउको बीउ वितरण गरिरहेकाे कृषिशाखा प्रमुख कुलदिप मिश्रले बताउनुभएको छ ।

निर्वाहमुखी कृषि खेति गर्दै आइरहेका कृषकहरुलाई व्यवसायिक कृषक बनाउनको लागि अनुदानमा च्याउको बीउ वितरण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष राधेश्याम चाैधरीले जानकारी दिनुभएको छ । च्याउखेती गरिरहेका कृषकहरुलाई बीउ वितरणमा विशेष प्राथमिकता दिइरहेको र उन्नत प्रविधिको प्रयोग गरी च्याउखेती गर्नका लागि गाउँपालिकाको कार्यालयले कृषकलाई निकट भविष्यमा च्याउखेती बारे तालिम सन्चालन गर्ने अध्यक्ष चाैधरीले बताउनु भएको हाे। पछिल्लो समयमा च्याउखेतीतर्फ सरावल गाउँपालिकाका कृषकको आकर्षण बढ्दै गएको छ । व्यावसायिक च्याउ खेति गर्नका लागि कृषकहरुको मागका आधारमा च्याउको बिउ ल्याई वितरण भइरहेको छ ।

Related articles

नुवाकोट मिनीट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो, ५ को सनाखत

नुवाकोट २९ मंसिर । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१, घ्याङफेदीमा शुक्रबार साँझ भएको मिनीट्रक दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुगेको छ । घाइते १५ जनाको काठमाडौंमा उपचार भइरहेको छ । बा ३ ख ३९१३ नंं को मिनीट्रक दुर्घटना हुँदा १८ जनाको घटनास्थलमै मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईका अनुसार थप […]

धर्म प्रचारमा बालबालिका प्रयोग

काभ्रेपलाञ्चोक, ७ पुष । काभ्रेपलाञ्चोकमा पछिल्लो समय धर्म प्रचारमा बालबालिकाको प्रयोग बढ्दै गएको पाइएको छ । विद्यालय उमेरका बालबालिकालाई बनेपा नपा–८ स्थित बेतानी चर्चले क्रिश्चियन धर्मको प्रचारमा प्रयोग गरेको हो । आधा दर्जन बालबालिका आज बिहान बजारका पसल तथा बाटो हिँडिरहेका व्यक्तिलाई क्रिश्चियन धर्मसम्बन्धी प्रचारका विभिन्न पुस्तक बाँड्दै हिँडेका देखिन्थे । १० देखि १३ वर्षसम्मका […]