पाल्हीनन्दन गाउँपालिका २ पिपरहवाँ गाउँको एक घरमा आगलागी हुँदा घर जलेर नष्ट

महेसपुर, २७ कार्तिक । नवलपरासीको सिमावर्ति गाउँपालका पाल्हीननदन २ पिपरहवाँ गाउँको एक घरमा आगलागी भएको छ । आगलागी भएपछि फुसले छाएको घर जलेर नष्ट भएको छ । विहिवार साँझ ४ बजेको समयमा विद्युतको तार सर्ट भई बन्दना हजामको घरमाथि आगो खसेर आगलागी भएको प्रहरीले जनाएको छ ।

आगो प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगलागीबाट घर,काठ अन्नपात, लत्ताकपडा, भाडावर्तन गरी अन्दाजी १ लाख बराबरको क्षति भएको छ । आगलागीबाट मानबिय तथा पशुचौपायमा कुनै किसिमको क्षति नभएको प्रहरीले जनाएको छ ।

Related articles

नवलपुरको अधिकांश क्षेत्रमा मंगलबार बिद्युत अवरुद्द

कावासाेती, १२ चैत । पुर्वी नवलपरासीकाे कावासोती सहित नवलपुर भरी नै आज दिनभर जसो विद्युत सेवा अवरुद्व हुने भएको छ । मंगलबार विहान परेको पानीसँगै आएको चट्याङका कारण नवलपुरका प्राय सवैजसो स्थानमा विद्युत सेवा अवरुद्ध भएको हाे । नवलपुरको प्रगतिनगरमा रहेको १३२ बाई ११ सव स्टेशनमा रहेको ट्रान्सफर्मरमा चट्याङले क्षती पुगेपछि नवलपुरका सबैजसो ठाउमा विद्युत सेवा […]

सुनवल नगरपालिकामा नागरिक सहायता कक्ष स्थापना

परासी, ७ मंसिर । सुनवल नगरपालिका कार्यालयमा हेल्प डेस्क स्थापना भएको छ। USAID तयार नेपालको आर्थिक सहयोग तथा हिमालयन सामुदायिक बिकास मन्च (हिकोडेफ) र सुनवल नगरपालिकाको सहकार्यमा सुचना र सेवा प्रदान गर्ने उद्देश्यले एक अनौपचारिक कार्यक्रम बीच सो नागरिक सहायता कक्ष स्थापना गरिएको हो।उक्त नागरिक सहायता कक्षलाइ सुनवल नगरपालिका नगर प्रमुख भिम बहादुर थापाले औपचारिकता […]