सात लाख नक्कली नोट सहित तीन जना पक्राउ

जनकपुरधाम, २७ कात्तिक । झण्डै ७ लाख नक्कली नेपाली नोटसहित सिराहाबाट तीन जना पक्राउ परेका छन् । जिल्लाको गोलबजार नगरपालिका-६ लामाटोलबाट बिहीबार दिउँसो ७ लाख नक्कली नोटसहित तीन जनालाई नियन्त्रणमा लिइएको सिराहा प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा गोलबजार नगरपालिका-१२ बेतौनाका २५ वर्षीय धिरज यादव, २० वर्षीय सञ्जय राय र कल्याणपुर नगरपालिका-७ का २४ वर्षीय विमलेन्द्र नायक छन् ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कर्यालय गोलबजार र सशस्त्र प्रहरी बेस क्याम्प गोलबजारको संंयुक्त टोलीले उनीहरुको साथबाट ६ लाख ८४ हजार रुपैयाँको नक्कली नोट बरामद गरेको छ ।

यसमध्ये ३ लाख नक्कली नोट पूर्ण रुपमा तयारी अवस्थामा र ३ लाख ८४ हजार फोटोकपी कागजमा प्रिन्ट गरी राखिएको र काट्न बाँकी रहेको अवस्थामा बरामद भएको सिराहाका प्रहरी प्रबक्ता शालिग्राम शर्माले बताए ।

पक्राउ परेका तीनै जना गत असोज २१ गतेदेखि गोलबजार नगरपालिका-६ लामाटोलका वीरेन्द्र महतोको घर भाडामा लिएर बस्दै आएका थिए ।उनीहरुको कोठाबाट ३ थान मोबाइल, १ थान ल्यापटक, १ थान कलर प्रिन्टर र कागज काट्न प्रयोग गरिने चक्कु पनि फेला परेको छ । तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । @onlinekhabar.com

Related articles

नागरिकता विधेयक विरुद्ध नवलपरासी कांग्रेसद्वारा बिरोध प्रदर्शन

🔹हरि शर्मा- परासी, १४ असार। नागरिकता विधेयक फिर्ता र भ्रष्टाचारीलाई कारबाहीको मागगर्दै नेपाली कांग्रेस पश्चिम नवलपरासीले आइतबार सदरमुकाम परासीमा बिरोध प्रदर्शन गरेको छ । सरकार विरोधी विभिन्न नारा लगाउँदै पार्टी कार्यालयबाट निस्केको कांग्रेस कार्यकर्ताको जुलुसल जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै कोण सभामा परिणत भएको थियो । प्रदर्शनका क्रममा उनीहरुले कोरोना नियन्त्रणमा सरकार असफल भएको, असुरक्षित […]

करिब ९१ करोड लुकाउन पाठकलाई ७८ लाख घुस

काठमाडौं, १४ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायाण पाठकलाई ७८ लाख रुपैयाँ घुस खुवाएको आरोप लागेको लम्बोदर न्यौपानेको नेतृत्वकालमा खर्च र भुक्तानी तथा स्रोत नखुलेको बचतसमेत गरी ९० करोड रुपैयाँभन्दा बढी अनियमितता भएको भेटिएको छ । कलेजको अनियमितताबारे भएको ‘अनुसन्धानमूलक लेखापरीक्षण’मा विभिन्न व्यक्तिका नाममा नियमविपरित भुक्तानी २३ करोड १० लाख, नियमविपरित थप […]