गिटी बालुवा चोरी गर्ने ७ वटा ट्याक्टर नियन्त्रणमा

नवलपुर,कात्तिक २६ । पूर्वी नवलपरासीमा गिटी बालुवा चोरी गर्ने ७ वटा ट्याक्टरलाई नवलपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गएराति विनयी त्रिवेणी गाउँपालिका २ विनयी खोलाबाट इलाका प्रहरी कार्यालय दुम्किबासले ७ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।

प्रहरीले लु ४ त ४९९१, ग १ त ३७४६, लु ३ त ८५५४, लु ३ त ९४५८, लु ४ त ६५११, लु ४ त ६८९४ र एउटा अनटेष्ट गरी ७ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको ट्याक्टरलाई आवश्यक कारवाहीको लागि सम्बन्धित कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।@ साभार नवलपुर अनलाइन

Related articles

अख्तियारको टोलीद्वारा नापी अधिकृत पक्राउ

रौतहट, ३१ श्रावण ।  नापी कार्यालय गौरका अधिकृत धिरेन्द्रलाल १४ हजार घुस रकमसहित पक्राउ परेका छन् । धिरेन्द्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस वापतको रकम लिँदालिँदै कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो । अधिकृत लालले बिहिबार गौर नगरपालिका वडा नम्बर ५ का वडासदस्य विश्वनाथ महतोबाट जग्गाको कित्ताकाट गरेवापत उक्त घुस रकम लिएका थिए । अधिकृत […]

सिमा सुरक्षाको लागी नेपाल र भारत सुरक्षाकर्मीहरू संयुक्त गस्ती

सुस्ता, २९ कार्तिक । नवलपरासीमा सिमा सुरक्षाको लागी नेपाल र भारतीय सुरक्षा कर्मीहरू संयुक्त रूपमा गस्ती  गरेका छन। बिशेष गरि सिमा क्षेत्रमा भईरहेको बढदो तस्करीलाई नियन्त्रण गर्नका लागी आज शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनी र शसस्त्र सिमा बल एस.एस.बी.झुलनीपुरले संयुक्त गस्ती गरेका हुन। संयुक्त गस्तीको क्रममा शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीका शसस्त्र […]