लुम्बिनी प्रदेशको सुन्दरीकरण र शहरीकरण गर्ने प्रदेश सरकारको योजना : मन्त्री चौधरी

🔹गौरीशंकर जयसवाल-

परासी २६ कार्तिक । लुम्बिनी प्रदेशका भौतीक पूर्वाधार बिकासमन्त्री बैजनाथ चौधरीले प्रदेशमा रहेका पिछडीएका जिल्लाहरुलाई शहरीकरण गर्नको निम्ती प्रदेश सरकार बिशेष योजनाका साथ अघि बढेको दाबी गरेका छन । उनले १२ वटा जिल्ला मध्ये नवलपरासी पनि पिछडिएको जिल्ला मानिएको हो भन्दै अबको पाँच बष्र्ष भित्र नवलपरासी जिल्ला पनि शहरीकरण भैसक्ने बताए ।

आज पश्चिम नवलपरासीको सुनवल १२ फरौलीमा निमार्ण हुन लागेको जलस्रोत तथा सिचाँई बिकास डिभिजन कार्यालय नवलपरासीको भवन शिलान्यास गदै मन्त्री चौधरीले जिल्लामा कृषि पेशामा निर्भर हुने गरी किसानहरुको सिचाईका ठूला ठूलाहरु निमार्ण सम्पन्न भईसकेको अब यस बर्षमा यस जिल्लालाई सिचाईको किसानहरुलाई सुबिधा पुयाउनको लागि ठूला ठूलाहरु सिचाई योजनाहरु निमार्ण हुने बताए ।

लुम्निबी प्रदेशका सरकारका प्रवक्ता समेत रहेका चौधरीले लुम्बिनी प्रदेशका जनताहरु अब पाँचबर्षभित्र नदी तररे जानुबाध्यता हटेने बताउदै त्यस हिसाबले प्रदेश सरकारले काम गरिहेको बताएका थिए ।प्रदेश सरकारले एउटा निती के लिएको छ भने जुन जिल्लाको कुन टोलभित्र कच्ची बटोमा ब्लक बिछाउने मन्त्री चौधरीले भने ।

यस जिल्लामा पनि त्यस्ता बाटो रहेको बताउदै त्यस क्षेत्रमा पनि ब्लक बिछाउने काम अगाडी बढाउने चौधरीको भनाई छ । त्यस्तै भगवन गौतम बुद्ध रामग्राम स्तुपलाई पर्यकटीय क्षेत्रको बिकासको निम्ती प्रदेश सरकारले बौद्ध संग्रालय निमार्ण गर्न लगेको जानकारी मन्त्री चौधरीले गराएका थिए ।

भवन शिलान्यास कार्यक्रम सुनवल वडानं १२ का वडाध्यक्ष यमलालपाण्डेको अध्यक्षता तथा लुम्बिनी प्रदेशका भौतीक पूर्वाधार बिकासमन्त्री बैजनाथ चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका सासद बैजनाथ जैसवाल,सुनवल नगरपालिकाका उपप्रमुख दधिराम आर्यल,बर्दघाट नगरपालिकाका नगरप्रमुख धिरज शर्माबस्याल,समाजसबी रमेश श्रेष्ठ लगायतले बोलेका थिए । उक्त भवन दुई करोड ६३ लाख लगत निमार्ण हुने शहरी बिकास डिभिजन कार्यालय रुपन्देहीका डिभिजन प्रमुख गोबिन्द गौैतमले जानकारी दिए ।

उक्त भवन ७.५ कठ्ठ क्षेत्रफलमा तीन तल्लो भवन निमार्ण हुने र त्यस्को जिम्मा बाबुल निमार्ण सेवा रुपन्देहीले पाएको गौतमले बताए । जलस्रोत तथा सिचाँई बिकास डिभिजन कार्यालयमा एक कार्यालय प्रमुख ईन्जिनीयर,कम्युटर अपरेटर,प्रशासन, लेखा कर्मचारी सहित १६ जना रहने जलस्रोत तथा सिचाँई बिकास डिभिजन कार्यालय नवलपरासीले जनाएको छ ।

Related articles

पेट्रोल र डिजलको भाउ घट्यो, ग्यास महंगियो

काठमाडौं, २० माघ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको छ । खाना पकाउने ग्यासको मूल्य भने प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । अब काठमाडौं उपत्यकामा […]

नवलपरासी लागुऔषधसहित ५ जना पक्राउ

परासी, २२ बैशाख । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)मा लागुऔषधसहित आज पाँच जना पक्राउ परेका छन् । प्रहरीले एकैघरका तीनसहित पाँचलाई जिल्लाको रामग्राम नगरपालिकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय परासीका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले रामग्राम–१० को एक घरमा लुकाइराखिएका अवस्थामा ७०० ग्राम […]