परासी ,२२ कार्तिक । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ५ दुबाैलियामा शुभ दिपावलि तथा छठ पर्वको अवसरमा नेपाली काङ्ग्रेसकाे शुभकामना अादानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ। नेपाली काङ्ग्रेस सरावल गाउँपालिका कार्यसमितिकाे अायाेजनामा कार्यसमिति सभापति बिनाेद कुमार पाण्डेयकाे अध्यक्षता तथा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सभापति बिष्णु प्रसाद पाैडेलकाे प्रमुख अातिथ्यतामा शुभकामना अादानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको हाे।
कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाली काङ्ग्रेस जिल्ला सभापति पाैडेलले नेपाली काङ्ग्रेस सबै वडा स्तरका कार्यकर्ता सक्रियताका साथ लागेर काङ्ग्रेस बलियो बनाउन अाग्रह गर्नुभएको छ । अहिले सम्मका परिवर्तनहरुमा काँग्रेसको नेतृत्वदायी भूमिका रहेको बताउँदै अब यश क्षेत्रकाे विकास र समृद्धिको नेतृत्व समेत काँग्रेसले नै गर्ने बताउदै दिपावली तथा छठ पर्वको शुभकामना ब्यक्त गर्नुभएको हाे ।
त्यस्तै जिल्ला समन्वय समिति प्रमुख शिवशंकर रायले जनसमुदाय तथा मतदातालाई सहि जनप्रतिनिधि छानेमात्र देश बिकास हुने बताउनु भएको हाे। कम्युनिस्ट पार्टीले छलिठगि गर्दै अगाडि बढेको हुनाले उनिहरुकाे क्रियाकलाप राेक्न र जनता जागरुक हुनुपर्ने कुरामा जाेड दिनुभएको हाे।
भारतबाट बिवाह गरि अाउने बुहारीकाे नागरिकता बनाउन सात बर्ष कुर्नुपर्ने जस्ता जनतालाई दुख दिने तमाम यजेन्टा र क्रियाकलाप कम्युनिस्टले गरिएको हुनाले यसप्रति सबैले जागरुक भइ लाग्नुपर्ने बताउनुभएको हाे। त्यस्तै नेपाली काङ्ग्रेसका केन्द्रीय संगठन बिभाग सदस्य माेहन प्रसाद शर्माले कम्युनिस्ट सरकारले झुठकाे खेती गर्दै अाइरहेकाे र भस्टाचार तथा बलात्कारकाे घटनामा लिप्त भइ देशका जनतालाई दुखि बनाएको छ ।
नेपाली काङ्ग्रेस जनताकाे पार्टी भएको हुनाले जनताको समस्या समाधान केवल नेपाली काङ्ग्रेस गर्ने भएको हुनाले अबकाे सरकार नेपाली काङ्ग्रेसको सरकार बनाउनमा जनसमुदायलाई अनुराेध गर्नुभएको हाे। त्यस्तै नेपाली काङ्ग्रेसका नेता अनिल गाैडले जग्गा बिवादित र ताल तलैयामा अस्पताल बनाउन नमिल्ने भएको हुनाले सहि जग्गा छनाैट गरि ल्याउन वडा नं. ५ का जनप्रतिनिधिहरुलाई अनुराेध गर्नुभएको हाे। १५ सैयाकाे अस्पताललाई राजनीतिक रुपमा नलिइ सबैकाे सहयोगबाट सहि ठाउँ छनाैट गरि निर्माण कार्यमा सहजता ल्याउन अाफुबाट चाहिने सहयोग र साथ दिनुपर्ने प्रतिद्धता ब्यक्त गर्नुभएको हाे।
नेपाली काङ्ग्रेस पार्टी सधै जनताकाे हितमा काम गरिरहेकाे हुनाले जनताको समस्या बुझि अगाडि बढेको बताउनुभएको हाे। त्यस्तै गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले गा.पा अध्यक्ष भएको नाताले समग्र जनताकाे समस्या बुझ्दै समाधान गर्न लागिपरेको बताउनु भएको हाे।सरावल गाउँपालिका भित्रका बच्चाहरुमा केही कुपोषण सृजना भएको हुनाले स्वास्थ्य समस्या समाधान गर्न बर्थिङ सेन्टर तथा अस्पताल बनाउन लागिपरेकाे जानकारी दिनुभयाे । सरावलमा १५ सैयाकाे अस्पताल नितिगत रुपमा अाएकाे बताउदै कुनै पार्टीले जस वा झुठा अासास्वासन देखाइराछ भने उसको गल्ति हाे। १५ सैयाकाे अस्पताल वडा नं. ३ मा ताेकिएर बन्न अाएकाे भए पनि बाढी डुबान क्षेत्रलाई मध्यनजर गर्दै वडा नं. ५ मा कार्यपालिकाबाट निर्णय गरिएको बताउदै अस्पताल कुनै बिवादित जग्गा र नदि तालमा बनाउन नमिल्ने भएकोले यसप्रति वडा जनप्रतिनिधि सहि जग्गा छनाैट गर्न अनुरोध गर्नुभएको हाे।
त्यस्तै महाधिवेशन प्रतिनिधि तथा गाउँपालिका उपाध्यक्ष उत्तमा रायले सरावल गाउँपालिकालाई काङ्ग्रेसको गढ बनाउन आफू सधै लागि परेको र काङ्ग्रेस प्रति प्रतिबद्ध रहेका सबैले एकढिक्का हुनुपर्ने कुरामा जाेड दिनुभएको हाे। शुभकामना अादानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाली काङ्ग्रेस क्षेत्रीय उपसभापति चन्द्र कुमार गुप्ता,वडा नं. ५ सभापति शिवनाथ तिवारी ,वडा नं. ७ सभापति सन्जय कुमार मिश्रा,कार्यपालिका सदस्य जाेखु गाैड, वडा सदस्य सुधव सहानि,लक्षमण चाैधरी,बालमुकुन्द चाैधरी,अशाेक बरइ लगाएतले दिपावलि तथा छठ पर्वको शुभकामना सहित अाफ्नाे मन्तब्य राख्नुभएको थियाे। कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला ,क्षेत्रीय तथा स्थानीय नेता तथा कार्यकर्ताकाे सहभागीता रहेकाे थियोे ।